“साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको शुभकामना कार्यक्रम सम्पन्न कोशी प्रदेश प्रहरी कार्यालय

  • प्रकाशित मितिः फागुन २३, २०८१
  • 667 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रम तथा “साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । फागुन २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई नृत्य, कविता तथा हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराईएको थियो भने KNOW YOUR FELLOW कार्यक्रम अन्तरगत दिन रात प्रहरी संगठनको निम्ति तल्लिन रहनु हुने कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी शिव कुमार राईको जीवनीमा आधारित भिडियो क्लिप समेत सहकर्मीहरु विच प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि अधिकारीले व्यस्त व्यवसायीक जीवन शैली तथा कार्यबोझका कारण प्रहरी कर्मचारीहरु बीचमा कायम हुनु पर्ने आपसी भातृत्व शिष्टचार र सद्‍भावपूर्ण वातावरण समेत अपेक्षाकृतरुपमा सुदृढ गर्न, प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन, सामुहिक भावनाको विकास लगायत तनाव व्यवस्थापनको निम्ति यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनु भयो । वहाँले प्रहरी संगठनमा गहन जिम्मवार बोकेका उर्जावान प्रहरी कर्मचारीहरुको प्रतिभालाई प्रस्फुटन गर्न र आपसी भावना साटासाट गर्न यस कार्यक्रमले मद्दत मिल्ने बताउनु भयो ।
साथै यस कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नै स्टुडियोको स्थापना गरी आफ्नै जनशक्तिबाट साप्ताहिकरुपमा प्रहरी कार्यक्रम निर्माण गरी NTV ईटहरी च्यानल लगायत स्थानीय टेलिभिजनहरुबाट प्रसारण गर्दै आईरहेको कार्यक्रम आजैबाट १०० औँ भाग सम्म सिमित साधन स्रोतका वावजुद अथक प्रयासका साथ निरन्तरुपमा प्रसारण गरेको शुभ अवसरमा सम्पूर्ण टिमलाई बधाई दिनुका साथै आगामी दिनहरुमा समेत उत्कृष्ट प्रहरी कार्यक्रम सम्पादन गरी आम नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने कार्यमा लगनशिल र ईमान्दारीताका साथ अगाडि बड्न निर्देशन समेत दिनु भयो । साथै सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगितामा सही जवाफ दिने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो भने “साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको सु-अवसरमा प्रदेश प्रहरी प्रमुख अधिकारीद्वारा प्रहरी कार्यक्रम भाग-१०० लेखिएको केक काट्नु भई कार्यक्रमलाई हर्सोल्लासका साथ सम्पन्न बनाईएको थियो । साथै उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारीद्वारा उपस्थित प्रहरी कर्मचारीहरुलाई आफैले खाजा समेत वितरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक दिपक पोखरेल, प्रहरी उपरीक्षक हरि डंगोल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved