पूर्वराजाको चिया बगानको माटो खनेर बिक्री प्रकरण : अख्तियारले अनुसन्धान थालेपछि दमक नगरपालिकाले तिरायो जरिवानाअख्तियारको

  • प्रकाशित मितिः चैत ६, २०८१
  • 651 पटक पढिएको
  • समय अनलाइन

 नगरपालिकाले तिरायो जरिवानाअख्तियारको अनुसन्धानमा तानिएको दमक नगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानबाट माटो उत्खनन गर्ने ठेकेदारलाई जरिवाना गरेको छ । स्वीकृतिभन्दा झन्डै दोब्बर उत्खनन गरेको भन्दै नगरपालिकाले निर्माण व्यवसायी भीमबहादुर पौडेललाई पाँच लाख पाँच हजार जरिवाना र थप राजस्व सात लाख ५३ हजार ५८८ असुल गर्ने निर्णय गरेको

अख्तियारको इटहरी कार्यालयले १८ फागुनमा दमकलाई पत्र काट्दै हिमालय महालक्ष्मी चिया बगानको माटो उत्खननका लागि दिइएको निर्णय र राजस्वको प्रतिलिपि, स्वीकृति दिँदा वातावरणीय प्रभाव मूल्यांकन नगर्नुको कारण र बगानसँग हदबन्दीभन्दा बढी जग्गा रहेको भए सर्तअनुसार प्रयोग भए–नभएकोबारे जवाफ पठाउन भनेको थियो । अख्तियारलाई जवाफ पठाउनुपर्ने भएपछि नगरपालिकाको कार्यपालिकाको बैठकले जरिवाना र थप राजस्व असुलको निर्णय गर्दै अख्तियार र जिल्ला प्रशासनलाई जवाफ पठाएको हो । जरिवाना गराउने निर्णयसहितको कागजात शनिबार मात्र प्राप्त भएको छानबिन समिति संयोजकसमेत रहेका इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले बताए ।

प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले भने स्वीकृतिभन्दा १४ हजार २४०.१४ घनमिटर धेरै माटो उत्खनन गरेको भेटिएपछि थप राजस्वसँगै जरिवाना पनि लिइने निर्णय भएको बताए । तर, अख्तियार र प्रशासनलाई जवाफ पठाउनकै लागि जरिवाना असुल गरेको विषयमा भने बोल्न मानेनन् ।यसअघि निर्माण व्यवसायी पौडेलले तीन लाख ५७ हजार ९७० राजस्व तिरेपछि पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ६ हजार ७६४.३५ घनमिटर माटो उत्खननका लागि अनुमति दिएको थियो । तर, २१ हजार ४.४९ घनमिटर माटो उत्खनन गरेको पाइएको उनले बताए ।माटो उत्खननका लागि १६ पुसमा अनुमति दिइएको थियो । संघीय वातावरण संरक्षण ऐन, नियमावली र कोशी प्रदेशको वातावरण संरक्षण ऐन, नियमावलीअनुसार यतिका धेरै माटो उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर, दमक नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खननका लागि स्वीकृति दिँदै राजस्व लिएको थियो । यस विषयमा अख्तियार इटहरी कार्यालयले अनुसन्धान गरिरहेको छ भने जिल्ला प्रशासन कार्यालयले अख्तियारलाई प्रतिवेदन बुझाउन छानबिन समिति बनाएको छ ।कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक हरिशंकर झाले उत्खनन गर्नेलाई जरिवाना गराएर उत्खननको स्वीकृति लिनेले उन्मुक्ति नपाउने बताए । उनले मन्त्रालयमा निवेदन आएमा वातावरण संरक्षण ऐन र नियमावलीअनुसार स्वीकृति दिने निकायलाई कारबाही गरिने बताए । संघीय र प्रदेश वातावरण संरक्षण ऐन र नियमावलीमा यसरी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नगराई उत्खनन गरेमा १० लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।निर्माण व्यवसायी पौडेलले भने आफूले दमक नगरपालिकामा राजस्व तिरेर उत्खननको अनुमति लिएको बताए । ‘जरिवाना भनेको गल्ती गर्दा लिइन्छ । मैले त दमक नगरपालिकामा गएर राजस्व तिरेर स्वीकृति लिएको हुँ,’ उनले भने, ‘व्यक्तिको निजी जग्गा सम्याउन खोजेका थिए । सम्याउन पनि पैसा नै लाग्थ्यो, हामीले राजमार्ग बनाउन माटो लगेका थियौँ । कसरी मुद्दा बन्यो अचम्म परेको छु ।’

#चिया बगान # हिमालय महालक्ष्मी चिया बगान

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved