बेलबारीमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुभारम्भ .

  • प्रकाशित मितिः चैत ११, २०८१
  • 1313 पटक पढिएको
  • समय अनलाइन

मोरङ बेलबारी/
मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । बेलबारी नगरपालिका वडा नम्वर १ को तमु बुद्धिस्ट गुम्बामा आइतबार देखि सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहने छ ।
चैत १० देखि १२ गते सम्म सञ्चालन हुने तीन दिवशिय महोत्सवको पहिलो दिन भारतको मनिपुरका कलाकारले आदिवासीको रोदनमा आधारित नाटक प्रस्तुत गरेका छन् । सोमबार मण्डला थिएटरका कलाकारले ‘अष्टाङ्गीका झनामको नाटक प्रस्तुत गर्ने छन् ।यसैगरी तेस्रो दिन ‘कान्दाता र शकुन्तला’ नामको जापानिज नाटक प्रस्तुत गरिने छ । जापान र नेपालका कलाकारले संयुक्त रूपमा प्रस्तुत हुने नाटकमा नेपाल र जापानको संस्कृति विविध पक्षलाई देखाइने छ।

कोशी प्रदेश सासंद ज्ञानेन्द्र सुवेदीले महोत्सवको उद्घाटन गर्दै मन्तब्यको क्रममा नाटकका माध्यमबाट समाजलाई नयाँ बाटो देखाउन सकिने बताउनुभयो । आधुनिक चलचित्रको विकास हुनुपूर्व नाटक मनोरञ्जनको प्रमुख विधा रहेको पनि उहाँले बताउनुभयो । बेलबारी प्रज्ञा–प्रतिष्ठान की अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा मण्डला थिएटरका सञ्चालक सोमनाथ खनाललगायतले वर्तमान अवस्थामा नाटकको महत्त्वको बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नवराज पराजुलीद्वारा लिखित गीतिनाटक स्कुल समेतको प्रदर्शन गरिएको थियो, भने बेलबारी बहुमुखी क्याम्पसका सात जना कलाकारले प्रस्तुत गरेको नाटक विकास बुढाथोकी र जीवन बरालले संयुक्त निर्देशन गरेका हुन्। प्रत्येक दिन नाटक हेर्न कलाकार,स्रष्टा सर्जक र सर्वसाधारण हरुको घुईचो लाग्ने गरेको आयोजक संस्था बेलबारी प्रज्ञा प्रतिष्ठान का सचिव कुल प्रसाद बराल ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved