नेपाल साँस्कृतिक महासंघ मोरङको तेस्रो अधिवेशन सम्पन्न ।

  • प्रकाशित मितिः चैत २०, २०८१
  • 1504 पटक पढिएको
  • मोरङ - हिमांशु राय

नेपाल साँस्कृतिक महासंघ मोरङ जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
नेपाल साँस्कृतिक महासंघ मोरङ जिल्ला सभापति राजु थापा को सभाअध्यक्षतामा सु सम्पन्न खुल्ला सत्रको कार्यक्रममा प्रमुख अतिथि नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सभापति तिर्थ बहादुर थापा, विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पार्टी मोरङ जिल्ला सचिव मोदराज घिमिरे,विशिष्ट अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य तथा संगठन प्रमुख मदन संग्रौला,अतिथहरु नेपाल साँस्कृतिक महासंघ केन्द्रीय महामन्त्री शिव शंकर प्रसाद रिजाल,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य बाल कृष्ण निरौला,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य दिपक उप्रेती,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य ईन्द्र प्रसाद ढुङ्गेल(सिताराम),नेपाल साँस्कृतिक महासंघ बागमती प्रदेश सभापति राजेन्द्र खत्री,नेपाल साँस्कृतिक महासंघ कोशी प्रदेश सभापति चिरिञ्जिवी बस्नेत, नेपाल साँस्कृतिक महासंघ कोशी प्रदेश उप सभापति कुमार अनुरागी, नेपाली काङ्ग्रेस पार्टी मोरङ क्षेत्र नम्वर ४,क्षेत्रिय उप सभापति धिरेन्द्र कुमार विश्वास, कोषाध्यक्ष गोविन्द न्यौपाने सचिव सत्य नारायण माझी लगायत अतिथिहरुको उपस्थिति रहेको तेस्रो जिल्ला अधिवेशनको खुला सत्र कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी र काङ्ग्रेस सम्वद्ध विभिन्न भातृ संघ संस्थाहरु बाट पनि प्रतिनिधीमुलक उपस्थिति रहेको थियो।
खुल्ला सत्रको कार्यक्रम पश्यात विधिवत बन्दसत्रको कार्यक्रम शुरुभएको थियो।
आज भएको नेपाल साँस्कृतिक महासंघ तेस्रो जिल्ला अधिवेशनले समावेशीताको आधारमा राजु थापाको नेतृत्वमा २१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ,थापाको यो दोस्रो कार्यकाल हो। भने उनले यो भन्दा अघि पनि एक कार्यकाल जिल्ला सभापति बनिसकेकाछन्।
थापाका अनुशार अरु थप बाँकी सदस्यहरुलाई पनि विधानत आवाश्यक्ता अनुसार महासंघको कार्यसमिति बैठकले नै निर्यण गर्ने र कार्यसमितिलाई पुर्णता दिने बताए। अधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने नेपाल साँस्कृतिक महासंघ केन्द्रीय कार्यसमिति,प्रदेश कार्यसमिति लगायत अधिवेशनमा उपस्थित सबै अतिथिहरु र मोरङ जिल्लाका सबै पालिकाहरु बाट उपस्थित प्रतिनिधीहरु सबै प्रती थापाले हार्दिक आभार समेत ब्याक्त गरेका छन्।
यसरीनै जिल्लाबाट प्रदेश प्रतिनिधी समावेशीताको आधारमा जम्मा १६ जना र समावेशीाकै आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधी जम्मा १० जना चयन गर्नु पर्ने महासंघको विधानको प्रावधान अनुसार प्रदेश अधिवेशन प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधी समेत विधानत चयन गरिएको छ।
नव निर्वाचित जिल्ला कार्यसमिति लाई बधाई तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि र अधिकांक्ष अतिथिहरुले साँस्कृतिककर्मीहरुको पहिचान र सुरक्षा प्रति अब पनि पार्टी र सम्वद्ध निकायले चासो नदिने हो भने लोकतान्त्रिक समाजवादको लागि लोकतान्त्रिक सांस्कृति भन्ने नारा केवल नारामा मात्र सिमित हुने र संविधानको मर्म बहुसाँस्कृतिक भनिने नेपाल देशकै भविश्य कालान्तरमा संकट ग्रस्त हुन सक्ने महत्त्वपूर्ण विचारहरु मन्तब्यको क्रममा अतिथिहरु बाट ब्याक्त गरिएका थिए।
महासंघले देशका ७७ जिल्लाको अधिवेशन करिब करिब सक्नै लागेको र अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरु अब केहिदिन भित्रनै सकेर प्रदेश र केन्द्रीय अधिवेशनको तयारीमा आफुहरु जुट्ने र यस्का लागि महासंघमा आवद्ध समस्त साँस्कृतिककर्मीहरु स्वतस्फूर्त तयारी अवस्थामा रहन समेत नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सभापति तिर्थ बहादुर थापा एवम् महामन्त्री शिव शंकर प्रसाद रिजाल द्वोयले नव निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना दिने क्रममा सम्पुर्ण साँस्कृतिककर्मीहरुलाई आग्रह गरेकाछन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved