अखिल क्रान्तिकारी झापाले पूर्ण बैठक विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवं गत चैत्र ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापाका बाह्रओटै क्याम्पसबाट स्ववियुको निर्वाचनमा संगठन तर्फबाट सहभागी भई तथा विजयी उम्मेद्वारहरूलाई सम्मान एवं बधाई शुभकामना व्यक्त गरिएको थियो ।
प्रमुख अतिथि अखिल क्रान्तिकारी प्रदेश १ नम्बर फ्याक्सन इन्चार्ज सिपी कडरीया ,विशिष्ट अतिथि जिल्ला पार्टी संयोजक राजु आचार्य आग्नि , संगठनका केन्द्रय उप महासचिव विपिन पोख्रेल , प्रदेश सचिवालय सदस्य अरुण श्रेष्ठ , जिल्ला विद्यार्थी फ्रक्सन इन्चार्ज ददीराम रिमाल , पूर्व जिल्ला समितिका अध्यक्ष रञ्जन धमला , जिल्ला उपाध्यक्ष नबिन सिटौला सुरेन्द्र गिरी ,सचिव राजन चापागाईं लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष विवेक दाहालले गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव गगन चापाईले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved