भोजपुर
पौवादुङ्मा गाउँपालिका अध्यक्ष एबम नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष किरण राइले गाउँपालिकामा सञ्चालित योजनामा भएका चरम लापरबाही, गुणस्तरहिन कार्यसम्पादन र शुन्य अनुगमन जस्ता बिषयमा जनस्तरबाट प्रश्न उठ्न थालेपछि विभिन्न राष्ट्रीयस्तरका मिडियाहरुमा गएर गलत र तथ्यहिन विवरण पेश गर्दै जनतासामु भ्रामक सन्देश फैलाउदै आएका छन। केहिदिन अगाडि सामाजिक सन्जाल फेसबुक मार्फत गाउँपालिका कार्यालय प्रवेशद्वार अगाडी सडक निर्माण गर्दा बनाइएको कल्भर्ट ढलाइमा भएको हेलचेक्र्याइ, अघिल्लो आर्थिक बर्षमा बनाइएको सडक केहिदिन नबित्दै भासिएको बिषय,च्याङ्ग्रे पोखरीको कम्पाउण्ड निर्माणको अन्तिम अबस्थामै भत्किएको जस्ता बिषयमा फोटो तथा भिडियो समेत सप्रमाण बाहिरिएपछी उक्त सामग्री बाहिर ल्याउनेप्रती आक्रोशित बनेका राइले खबरदारी गर्दै पोष्टहरु शेयर गर्नेहरुलाइ जालन्धरको उपनाम दिदै बिषबमनमा उत्रीएका हुन।
खासगरी किसानका निजी श्रम र मेहनतले उत्पादन गरेको अकबरे खोर्सानीमा समेत भ्रम छर्दै राजनितिकरण गर्दै हिडेका पालिका अध्यक्ष राइको गाउँपालिकामा भने किसान मार्फत बिक्री भएको मध्ये १ केजी खोर्सानी बिक्रीको समेत आधिकारिक रेकर्ड छैन। तरपनी गाउँपालिकाका कृषि शाखाका प्राबिधिक कर्मचारी बर्तेन्द्र राई समेत गतबर्ष १८ करोड बराबरको खोर्सानी बिक्री भएको तथ्यांक गाउँपालिका सङ्ग सुरक्षित रहेको बताउँछन् । पालिका अध्यक्ष किरण राइको लहैलहैमा लाग्दा एनटिभी इटहरी, सिआइ एन, खबरहब डडकम लगायतका मिडियाले समेत आधिकारिक तथ्यबिनाको झुठो समाचार प्रसारण गरि आफ्नो साख त गिरायो नै त्यसमाथि भ्रामक समाचार सम्प्रेषण गरि जनताको सुचनाको हक समेत प्रभावित तुल्याएको देखिन्छ।
५०% अनुदानमा खोर्सानी रोप्दा प्रयोग गरिने मल्चिङ प्लास्टिक साथै हाते ट्रयाक्टर बितरण बाहेक अन्य प्रभाबकारी गतिविधि नगरेको पालिकाले खोर्सानी उत्पादनका क्रममा किसानले झेल्दै आएका समस्या, रोगहरुको पहिचान र उपचार, उत्पादित बस्तुको बजारीकरण र मुल्य निर्धारण जस्ता बिषयमा कुनै चासो र सक्रियता नदेखाएको भएपनि हाल आएर जनस्तरबाट आएको आलोचनाबाट पन्छिने बहानामा भ्रामक र तथ्यहिन प्रचारमा सिङ्गो टिम लागिपरेको देखिन्छ।
गाउँपालिकाका ६ वटै वडामा खोर्सानी सङ्कल र बिक्रि गर्ने ब्यापारीको भनाइलाइ आधार मान्ने हो भने बढिमा ८ देखी १० करोड सम्मको मात्र खोर्सानी गाउँपालिका भित्रबाट उत्पादन र बिक्री भएको अनुमान गर्न सकिने अवस्था रहेको छ । बेमौसमी खोर्सानी उत्पादन हाल न्यून परिमाणमा नै बिक्री हुँदै आएको र त्यसबाट कमैले लाभ लिइरहेको अबस्थामा सिजनमा खोर्सानीको मुल्य सरदर १८० देखि २०० रुपैयाँ प्रतिकेजी रहेकोले गाउँपालिकाले भनेझै १८ करोडको खोर्सानी बेच्न कम्तिमा ९ लाख केजी भन्दा माथिको परिमाणमा बिक्री गर्नुपर्ने हुन्छ र हाल त्यो परिमाणमा बिक्री गर्न सकिरहेको अबस्था नभएको स्थानीय ब्यापारीहरुको भनाइ रहेको छ। गाउँपालिकाले भनेजस्तो ९०० घरधुरीकै सङ्ख्यामा कृषकले व्यावसायिक खोर्सानी खेती गरि त्यसबाट मात्रै आत्मनिर्भर बनिसकेको अबस्था नरहेपनी आफ्ना धेरै त्रुटीहरु छिपाउने नियतले यस्ता भ्रामक सन्देश राष्ट्रियस्तरका मिडिया प्रयोग गरि प्रचारबाजी गरिनुले पालिका टिमलाइ पनि सङ्काको घेरामा राखेर हेर्नुपर्ने स्थिति आएको स्थानीय जानकारहरु बताउँछन् ।
कुन किसानले कति उत्पादन गर्यो र कुन मुल्यमा बिक्री गर्यो ?, किसानका समस्या के छन?, बजार ब्यबस्थापन कसरी गर्ने?, कृषिमा गुणस्तर सुधार कसरी गर्ने भन्ने सम्बन्धि कृषकका घरमा पुगेर गतिविधि सन्चालन गर्नुको सट्टा गाउँपालिकाले हाल आफुलाइ बचाउन यसरी भ्रामक समाचार फैलाइरहेको र यस्ता भ्रामक समाचार फैलाउन नहुने स्थानीयको भनाइ रहेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved