सुन्सरी जिल्लाको दुहवी नगरपालिका वडा नं ५ स्थित नेपाल विधुत प्राधिकरण कार्यलयमा नेपाल प्राबिधिकका कार्याकारी निर्देशक हितेन्द्र देव शाक्यको नेतृत्वमा दुहबी ग्रिड साखा प्रमुख रोशन खड्का,सुचना अधिकारी बेचन कुमार यादब, इन्जिनियर पंकज चौधरी , सुपरभाइजर रतन चौधरी कर्मचारी सहितको टोलिले निरीक्षण गरिएको छ । निर्देशकको जिम्मा पाए सगै बिबादास्पद बनेका साक्यले जनतामा भएको भ्रम चिर्न कुलमान घिशिङको भन्दा राम्रो काम गरेर देखाउन चुनौती सगै अहोरात्र खटिरहनुभएको छ जस अनुसार आज सुनसरी जिल्लाको दुहबीमा रहेको सब स्टेसनको निरीक्षण गरि समस्या समाधानको लागि हरदम लागि पर्नुभएको छ । बर्खा लागे सगै बिधुत आपूर्तिमा सहज हुने हुदा जनताको नजरमा राम्रो काम गर्ने सम्भावना देखिन्छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved