सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको यहि २०८२ साल जेठ २४ गते निर्वाचन सम्पन्न भएसङ्गै आज २६ गते निर्वाचित पदाधिकारीहरुको नामावली सार्बजनिक भएको छ।
सुन्दरहरैचा नगरपलिका भरिकै गुणस्तरीय खानेपानी बितरण गर्ने खानेपानी समितिले परिचित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ कार्यसमिति /लेखा सुपरिवेक्षण समितिका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका दलहरुका साथै सलकपुर स्वतन्त्र युवा समाजले उम्मेदवारी दिएको थियो भने पुराना दलहरुको एकछत्र राजलाइ अस्विकार गर्दै अध्यक्ष,सचिब,सहसचिव लगायतका प्रमुख पदहरुमा भने सलकपुर स्वतन्त्र युवा समुहको टिमले बिजय हासिल गर्न सफल भएको छ ।
कुल १७२२ मत झरेको मध्ये २३ मत बदर भएको र १६९९ सदर मतको गणनाका आधारमा भएको बिजयी पदाधिकारीको नामावली यस्तो रहेको छ;
१) अध्यक्ष: रामकुमार तामाङ (सलकपुर स्वतन्त्र युवा समाज)
२)उपाध्यक्ष :दिपक गुरुङ (नेपाली काङ्ग्रेस )
३)सचिव : सुरेस दाहाल (सलकपुर स्वतन्त्र युवा समाज)
४)कोषाध्यक्ष :साबित्रा पोखरेल(नेपाली काङ्ग्रेस )
५)सहसचिव : चिरञ्जीवी सुवेदी(सलकपुर स्वतन्त्र युवा समाज)
६)महिला सदस्य: सुनिता घिमिरे (एमाले)
७) " :बबिता कार्की (नेपाली काङ्ग्रेस)
८)खुल्ला सदस्य : रोशन कार्की(सलकपुर स्वतन्त्र युवा समाज)
९)खुल्ला सदस्य: ज्ञान ब. खड्का(नेपाली काङ्ग्रेस )
१०) " : देबेन्द्र भट्टराई ( सलकपुर स्वतन्त्र युवा समाज)
११)खुल्ला सदस्य : लिला प्रसाद दाहाल ( एमाले )
१२)लेखा समिति संयोजक: सरोज भट्टराई ( नेपाली काङ्ग्रेस )
१३)लेखा समिति सदस्य: बिष्णु प्रसाईं (एमाले)
१४) " : मन्दिरा थापा( नेपाली काङ्ग्रेस )
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved