बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गर्दै आन्तरिक आय ७ करोड ३६ लाख ५१ हजार अनुमान गरिएको छ। सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई मुख्य स्रोत मानिएको छ। ४७ करोड १ लाख( चालु तथा पुँजिगत समेत) सशर्त अनुदान र १९ करोड ३४ लाख वित्तीय समानिकरण अनुदानव( संघ) को आधारमा बजेट तर्जुमा गरिएको छ। संघबाट हुने राजस्व बाडफाँडमा १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
यस्तै, समपूरक अनुदान संघबाट ३ करोड ४१ लाख, प्रदेशबाट सशर्त अनुदान (चालु तथा पुँजीगत समेत) २ करोड ३० लाख ५६ हजार, प्रदेश राजस्व बाँडफाडँ १ करोड ११ लाख ८१ हजार, विशेष अनुदान संघ ७५ लाख, समपूरक अनुदान प्रदेशबाट १ करोड, वित्तीय समानिकरण अनुदार प्रदेशबाट १ करोड ८२ लाख ५० हजार गरी कुल १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ आय अनुमान गरेको छ।
चालु खर्च १५ करोड ८८ लाख, वडा कार्यालय (पुँजीगत) ८ करोड ८० लाख, पुँजीगत बजेट ( नगरतर्फ) २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ, सशर्त अनुदान (संघ)४७ करोड १ लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड, समपूरक अनुदान (संघ) ३ करोड ४१ लाख, विशेष अनुदान ७५ लाख गरी कुल १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ रहेको छ। बजेटसँगै सार्वजनिक नीति तथा कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी गराए
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved