सुनसरी । हरिनगर गाउँपालिकाले ५८ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ५८ करोड ५४ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सार्वजनिक बजेटअनुसार चालु खर्चका लागि ४१ करोड ११ लाख रुपैयाँ, र पुँजीगततर्फ १७ करोड ४३ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ। हरिनगर गाउँपालिकाले मंगलबार पालिकाको नयाँ भवनका सभा हलमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले ५८ करोड ५४ लाख २ हजार रुपैयाँको बजेट ल्याएको हो । हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले गाउँ सभामा पेश गरेको अनुमानित बजेटमा ४१ करोड ११ लाख रुपैयाँ चालु खर्चका लागि र १७ करोड ४३ लाख २ हजार रुपैयाँ पूँजीगत खर्चमा विनियोजन गरिएकी छन् ।
गाउँपालिकाले यस नयाँ आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशु सेवा, सहकारी सेवा, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, रोजगार सेवा केन्द्रका लागि १ करोड ६ लाख १० हजार, पुर्वाधार विकास तर्फ ९ करोड ९२ लाख ६५ हजार, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ४१ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९१ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको हो ।
संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान ४२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । कोशी प्रदेश सरकारको समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड रुपैयाँ पाउने अनुमान छ । हरिनगर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved