मोरङमा ५ वर्षीया बालिकाको हत्या !

  • प्रकाशित मितिः असार १४, २०८२
  • 602 पटक पढिएको
  • समय अनलाइन

मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो । प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ । बुबाआमासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे राति बेपत्ता भएपछि बिहान करिब ५ बजे प्रहरीलाई खबर गरेका थिए । शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर खेतबारीमा बालिकाको शव फेला परेको थियो ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए । उनका अनुसार बालिकाको हत्याको अनुसन्धानका लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ । बलात्कार भएनभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने उनले बताए । ‘अहिले यसै भन्न सकिंदैन, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्छ ।’ बालिकाको पोष्टमार्टमका लागि शव कोशी अस्पताल विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved