वराहक्षेत्र नगरपालिका सम्बन्धी एउटा दुर्लभ र ऐतिहासिक कागजात भेटिएको छ । र, आजका मितिसम्म पनि प्रयोगमा रहेछ । स्वास्थ्यकर्मीहरूले यो कागजात (लेटरप्याड) बडो हिफाजतका साथ चलाएछ्न् । ताज्जुब लाग्दो !
स्थानीय तह पुनर्संरचनापछि नेपाल सरकारको निर्णय (२०७३ फागुन २७) ले यो नगरपालिकाको नाम वराह नगरपालिका राखियो । तर पहिलो नगर सभाले नाम परिवर्तन गर्न सिफारिस गर्ने निर्णय गर्यो । सिफारिसका आधारमा नगरपालिकाको नाम वराहक्षेत्र कायम भयो । सो सूचना २०७४ फागुन २४ गते नेपाल राजपत्रमा प्रकाशित छ ।
बितेका आठ वर्षमा पनि यो ऐतिहासिक कागज उस्तै नयाँ रहेछ । आठ वर्षमा १६ वटा नगर सभा भए । आठ वटा त नीति, नारा र कार्यक्रम बने । प्रत्येक वर्ष नगरले नारा परिवर्तन गर्दा लेटरप्याड पनि परिवर्तन हुन्छ । अहिले प्रदेश सरकारले स्थानीय तहको लेटर हेडमा 'रमणीय कोशी' लेखेर पर्यटन प्रवर्द्धन गर्न आग्रह गरेको छ । यसअघि नेपाल भ्रमण वर्ष २०२० (कोरोनाका कारण स्थगित भएको) र कोरोनाकै समयमा पनि लेटरप्याडमा सन्देश, स्वास्थ्य र चेतनामूलक नारा लेख्ने गरिएको थियो ।
तर पहिलो नगर सभाबाट फेरिएको नाम भएकै लेटरप्याड १६औं नगर सभापछि पनि देख्न पाउँदा के भन्ने ? नगरको एउटा संस्था (सामुदायिक स्वास्थ्य इकाई, वराहक्षेत्र ७) त कम्तीमा मितव्ययी रहेछ ? जिन्सीको के जान्छ र? टन्नै छापिदियो । आठ वर्षसम्म पनि खपत भइरहेको छ ।
महत्वपूर्ण कुरा- यसरी असम्बन्धित लेटरप्याड प्रयोग नगरौं । नगरपालिकाले हाम्रो नगरपालिकाको शुद्ध हिज्जे कस्तो हुन्छ निर्णय गरौं ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved