ओलाङचुङगोला–तिब्बत : सडक बन्यो, गाडी छैन

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1254 पटक पढिएको
  • Mausam

लेलेप (ताप्लेजुङ) — सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्नेछैन ।गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए । तर ट्रयाक खुलेको वर्ष दिनसम्म पनि यहाँका बासिन्दाले गाडी चढ्न पाएका छैनन् ।

मोटरबाटामा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनीहरूले तिब्बतका प्रशासन तथा प्रहरी प्रमुख चढेर आएको गाडी भने बारम्बार देख्न पाएका छन् । ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन् । उक्त सडकमा चौंरी, याक हिंडाउन भने सहज भएको स्थानीय बताउँछन् । वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ । समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्‍याइएको हो ।

सदरमुकाम फुङलिङबाट विस्तार भइरहेको सडक नजोडिएको र तिब्बतबाट सवारीसाधन खरिद गर्ने वातावरण नभएकाले स्थानीयले मोटरबाटामा पैदलयात्रा गर्नुपरेको छ । भन्सार कार्यालय नभएकाले पनि तिब्बतबाट गाडी खरिद गर्न समस्या रहेको स्थानीय बताउँछन् ।

ट्रयाक खुलेपछि हेलिकप्टरमा सानो गाडी लाने सोच बनाए पनि बिग्रँदा बनाउने ठाउँ नभएकाले लैजान नसकिएको छेतेनको भनाइ छ । चीन सरकारसँग गाडीका लागि अनुरोध गर्ने या त प्रक्रिया मिलाएर खरिद गर्ने विषयमा पनि छलफल भएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताए ।

 

तिब्बतसँग सडक जोड्न सक्रियता देखाएका चीनका लागि पूर्वनेपाली प्रशासक ताम्ला उक्यावसँग पनि छलफल गरिएको तर सबै सम्भावना कम भएको उनको भनाइ छ । छेतेनका अनुसार अब सदरमुकामबाट गइरहेको सडकको प्रतीक्षा गर्नुपर्ने भएको छ । फुङलिङबाट विस्तार भइरहेको सडक फक्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीसम्म पुगेको छ ।

सडक विस्तारको जिम्मेवारी लिएको एलाइट ठेकेदार कम्पनीका अनुसार ओलाङचुङगोला जोडिन अब ३० किलोमिटर बाँकी छ । सदरमुकामबाट ४० किमि ट्रयाक खुलिसकेको छ ।
निरन्तरको बसाइँसराइ रोक्न र छिमेकी देशसँग सडक सञ्जालले जोडिन ओलाङचुङगोलावासीले सडकमा लगानी गरेका हुन् । सरकारले यो सडक जोड्न बहुवर्षीय ठेक्कामा बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved