प्रधानमन्त्री के पी शर्मा ओलीज्यूले भक्तपुरको

  • प्रकाशित मितिः असार २७, २०८२
  • 528 पटक पढिएको
  • समय अनलाइन

प्रधानमन्त्री के पी शर्मा ओलीज्यूले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने भव्य रंगशाला निर्माणको घोषणा गर्नुभएको छ। दशरथ रंगशालाको सीमित क्षमताले अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता सञ्चालनमा आउने कठिनाइलाई सम्बोधन गर्दै यो दीर्घकालीन पूर्वाधार नेपालका खेलकुदप्रेमीका लागि ठूलो आशा र अवसर हो।

उहाँले सो कुरा आज नेशनल प्रिमियर लिग (NPL) को आयोजना सम्बन्धी कार्यक्रममा नेपालको खेलकुद क्षेत्रलाई व्यवसाय र आम्दानीको बलियो आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिदै घोषणा गर्नुभयो।

प्रधानमन्त्रीज्यूले हालैको स्पेन भ्रमणका क्रममा रियल म्याड्रिड रंगशालाको अवलोकन अनुभव सुनाउँदै नेपालमा पनि यस्तै स्तरको पूर्वाधार निर्माण गर्नैपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि हालतमा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने सन्देश दिंदै राष्ट्रिय गौरव जोगाउन राखेपलाई स्पष्ट निर्देशन दिनुभयो।

गुरु पूर्णिमाको पवित्र दिनमा भएको यो घोषणा हामी भक्तपुरवासी मात्र होइन, सम्पूर्ण नेपाली खेलकुद क्षेत्रका लागि ऐतिहासिक उपलब्धि र प्रेरणा हो। लामो समयदेखिको हाम्रो अभियान, पहल र मागलाई सार्थकता दिएकामा प्रधानमन्त्रीज्यूलाई हार्दिक आभार र सम्मान व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved