साहित्यकार रमेश निरौला को गजल संग्रह लोकार्पण

  • प्रकाशित मितिः असार २९, २०८२
  • 738 पटक पढिएको
  • हिमांशु राय

मोरङ बेलबारीका साहित्यकार रमेश निरौलाले "भावका भँगालाहरू" गजलसङ्ग्रह प्रकाशनमा ल्याएका छन् ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ,भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूले गजलकार रमेश निरौलाको उक्त कृतिको लोकार्पपण गरे ।
उक्त कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेलीलगायतका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाको ब्याक्तित्वको बारेमा परिचय प्रस्तुत गदै मुक्तकण्ठले निरौलाको प्रशंसा गरे।
कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा अनुसन्धाता केशु विरहीले अलोचनात्मक समीक्षा प्रस्तुत गरेका थिए। पत्रकारसमेत रहेका विरहीले निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर वर्तमान युवाहरूलाई उत्साहित गर्दै सतमार्गमा हिड्न प्रोत्साहन र मार्गदर्शन गरेको समेत चर्चा गरे। उनले कृति लोकार्पणपछिको समीक्षा भन्दा पनि पाण्डुलिपिमै परिचर्चा र विज्ञ व्यक्तित्वसँग बसेर छलफल गरिएको भए सुनमा सुगन्ध हुने थियो कि,भन्ने बारेमा गहन समीक्षा गरेका थिए।
कार्यक्रममा केशव सुनाम, डिल्लीराम ओझा, श्रेष्ठ परिक्रमा, गोपाल नेपाल, धनजीत पराजुली, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, उमा सिजापती, गणेश लामा, रोहित पराई, जेबी खत्री, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, सिजन श्रेष्ठ, भीम बस्नेत, शिव छाङ्छा राई, रिपुमर्दन खड्का,विकास बुढाथोकी, शेरबहादुर खपाङ्गी मगर, प्रकाश भट्टराई, सुन्दर भट्ट, विनोद विवश घिमिरे, केपी घिमिरे, शेखर मगर, टेकराज एकचाई मगर, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकी, गीता कुलुङ राईलगायतका स्रष्टा,सर्जक,लेखक तथा कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतका लेखक तथा स्रष्टाहरूले "भावका भँगालाहरू"भित्रका रचना वाचन गरेका थिए । त्यस्तै लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राई लगायतका गायक तथा कलाकारले गजल गायन बाट आ आफ्नो प्रस्तुती प्रस्तुत गर्दा कार्यक्रमको माहौल शान्त र आनन्ददायक बनेको थियो।
मुक्तक लेखन बाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला निकै लामो समयदेखि मोरङको बेलबारी नगरपालिका स्थित रहेर साहित्य साधनामा लागिपरिरहेका छन्। कविता,गजल, गीत तथा लघुकथा विधामा अब्बल कलम चलाउँदै आईरहेका उनको "भावका भँगालाहरु" गजल संग्रह पहिलो कृति हो।
विभिन्न साहित्यीक एवम सामाजिक सङ्घसंस्थामा रहेर काम गर्दै आईरहेका उनी बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन्।
कार्यक्रममा आयोजक साहित्य विकाश समितिका उपाध्यक्ष द्वोय गोविन्द चोङबाङले संस्थाका तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए।यसैगरी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन साहित्यकार तथा सङ्गीतकर्मी जेबी थुलुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved