इटहरीका एमाले जनप्रतिनिधिले भने "मेयरको कारण सबै समस्या आएको हो"

  • प्रकाशित मितिः साउन २, २०८२
  • 587 पटक पढिएको
  • समय अनलाइन

इटहरी : नेकपा एमालेका जनप्रतिनिधिले इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुसूची बिना पास नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका जनप्रतिनिधिले मेयर हेम कर्ण पौडेलको कारण बजेट होलिडेको अवस्था आएको बताएका हुन् । 
उपमेयर सङ्गीता चौधरीले हतारमा बजेट निर्माण गर्ने प्रचलन विगत देखि भएको र अनुसूची बिनै बजेट पास गर्ने परम्परालाई ब्रेक गरिएको बताइन् ।
३० गतेको सभामा विनियोजन विधेयक र अर्थ विधेयक पेस गर्नु पर्ने र ३२ गते भित्रमा अनुमोदन गर्नु पर्ने कानुनी व्यवस्थाको उलङ्घन भएको उनको भनाइ छ ।
अनुसूची बिनाको विनियोजन विधेयक पेस गरी बजेटलाई मेयर पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उनको आरोप छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा समेत बेरुजु बढ्दै गरेको देखिए‌कोले त्यसबाट पाठ सिक्दै विनियोजन विधेयक सहितको बजेट ल्याउनुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved