विपीको साख फर्काेउने अपेक्षा गरिएका उपकुलपति डा. विक्रम श्रेष्ठ

  • प्रकाशित मितिः भदौ ३, २०८२
  • 340 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । पछिल्लो दशक यता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्याको चाङ लागेको छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा भर्खरै हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २८ गते उपकुलपतिमा नियुक्त गरेका हुन ।

उनको नियुक्तिसँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कँदै गएको साख जोगिने विश्वास गरिएको छ । प्रतिष्ठानको गरिमा जोगाउने र बेतिथीको अन्त्य गर्ने दृढ संकल्प र विश्वास बोकेर उपकुलपतिलाई एकातिर प्रतिष्ठान सुधार्ने अवसर छ भने अर्काेतिर चुनौतीका अग्ला पहाडहरुले उनको यात्रालाई सहज बनाउने भने देखिँदैन । तथापी उनको नियुक्तिसँगै प्रतिष्ठानले एक इमान्दार, स्पष्ट वक्ता र कुशल नेतृत्व भने पाएको छ । उनको नेतृत्व गर्ने क्षमताले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुहार पक्कै पनि फेरिनेछ अपेक्षा गरिएको छ । प्रा.डा. श्रेष्ठलाई उपकुलपतिको रुपका पाउनु प्रतिष्ठान, धरानबासी, समग्र चिकित्सा क्षेत्रकै लागि एक उत्साह र आशाको रुपमा लिइएको छ ।

प्रा.डा. श्रेष्ठसँग बिपी प्रतिष्ठानको प्राध्यापक, परीक्षा डिन र रेक्टर सम्मको अनुभव छ । विपी प्रतिष्ठानको उपकुलपति दौडमा ४ जनाको नाम सिफारिश भएको थियो । तीन जनाको नाम मात्र सिफारिश गर्ने विगतको चलनविपरीत सर्च कमिटीले विपी प्रतिष्ठानको उपकुलपतिमा चार जनाको नाम पठाएको थियो । अन्तरर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा.रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम सर्च कमिटीले तय गरेको थियो । तर, प्रा.डा.श्रेष्ठलाई पनि सिफारिशमा छुटाउन नहुने भन्दै चर्को दबाब र लविङ भएको थियो । यसैको परिणाम स्वरुप सरकारले धराने जनता र प्रतिष्ठानको माग अनुसार प्रा.डा.श्रेष्ठलाई उपकुलपतिमा चयन गरिएको गर्भको बिषय भएको कोशी प्रदेश संसाद माननिय यशोदा कायस्थको भनाई छ ।

प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले साउन ३० गते पदभार ग्रहण गरेका छन् । उपकुलपति श्रेष्ठलाई प्रतिष्ठानस्थित उपकुलपति कार्यालय परिसरमा शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगतनारायण प्रसादसहित कर्मचारी, चिकित्सकहरुले भव्य स्वागत गरेका थिए । पदभारपछि न्यूज २४ सँगको पहिलो कुराकानीमा उपकुलपति श्रेष्ठले आफु प्रतिष्ठानको पुरानो मान्छे भएकै कारण प्रतिष्ठानको गिरेको मनोबल उठाउने प्रतिवद्धता जनाए । साथै सबैभन्दा ठुलो समस्याको जड कर्मचारी र प्रशासनबिचको बेमेल भएको बताउदै श्रेष्ठले ४ जना बिभागिय प्रमुखसँग मिलेर काम गर्ने बताए ।

त्यसो त विपी प्रतिष्ठान सुधारको योजनासहित उपकुलपतिमा नियुक्त भएका श्रेष्ठलाई काम गर्न सहज भने देखिँदैन । प्रतिष्ठानमा समस्याको जालो यसरी अल्झिएको छ कि त्यसलाई फुकाउन सजिलो पक्कै छैन । श्रेष्ठ इमान्दार, निर्णय गर्नसक्ने र हालसम्म विवादमा नपरेका चिकित्सक हुन् । त्यसैले जालो जसरी अल्झिएको विपी प्रतिष्ठानको समस्या क्रमश उनले फुकाउने अपेक्षा गरिएको छ । यसमा सबैभन्दा ठुलो भूमिका भनेकै प्रतिष्ठान भित्रको शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र कर्मचारी बिच उपकुलपतिको दरिलो समन्वय र सहकार्य हो ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved