सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय

  • प्रकाशित मितिः भदौ १०, २०८२
  • 829 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं। सेवाग्राहीलाई सहज ढंगले प्रशासनिक सुविधा पुर्‍याउन सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी प्रस्ताव प्रशासन समितिमा पठाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार समितिमा छलफलपछि कार्यान्वयनको चरण अघि बढाइनेछ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमार्फत हुने सेवा वितरणलाई सरल र प्रभावकारी बनाउन सरकार एकैपटक ठूलो संख्यामा नयाँ कार्यालय स्थापना गर्न लागेको हो।
मन्त्रालयका अनुसार सेवाग्राहीको जनसंख्या, भौगोलिक अवस्था र पहुँचमा देखिएका असमानतालाई सम्बोधन गर्न यो कदम चालिएको हो। मन्त्रालयले आगामी दिनमा थप जिल्लामा पनि यस्तै कार्यालय स्थापना गर्ने योजना बनाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved