बढी बिके ब्राजिल र अर्जेन्टिनाका जर्सी

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1092 पटक पढिएको
  • Mausam

‘कुन देशको जर्सी किन्ने ?’ भक्तपुरको सुकुलढोकास्थित सविता श्रेष्ठ आफ्ना १० वर्षे भाइलाई सोध्दै थिइन् । त्यति बेला रुसमा फुटबलको समूह चरणको भिडन्त रोचक बन्दै थियो ।

राजेशले पहेंलो जर्सी देखाए । त्यसपछि सविताले भाइलाई ब्राजिलको जर्सी किनिदिइन् । जर्सी पाएपछि भाइको मुहारमा एकाएक खुसी भरियो ।

‘विश्वकप चलुन्जेल स्कुलबाटै कुन देश मन पर्छ, त्यो देशको जर्सी लगाएर आए हुन्छ भनेको रैछ,’ सविताले भनिन्, ‘साथीहरूले जर्सी लगाएर आएको देखेर भाइले पनि किनिदिन भन्यो । कुन देश भन्ने थाहा छैन, तर साथीहरूको देखासिकीचाहियो भनेपछि किनिदिन लागेको हो ।’
विश्वकप सुरु भएपछि सविताको भाइमा फुटबल क्रेज सँगसँगै जर्सी मोह पनि बढेर गएको हो । म्याच हेरिरहेको बेलामा पनि भाइले सवितालाई फुटबलकै बारे जिज्ञासाहरू सोधेर हैरान पार्छन् रे । उनले भनिन्, ‘विद्यालयले नै खेलप्रति बच्चाहरूलाई उत्सुक बनाउनु राम्रो हो । पहिले घरमा होमवर्क सकिने बित्तिकै टिभीमा कार्टुन हेर्छु भनेर दु:ख दिन्थ्यो । अहिले फुटबल खेल्छु, भविष्यमा खेलाडी बन्छु भन्छ ।’

अहिले विश्वकपमा सहभागी देशहरूमध्ये आफूलाई मनपर्ने देशको जर्सी लगाउने चलन बढेको छ । कसैलाई कुन देशको समर्थक भनेर सोध्नै पर्दैन । उसले लगाएको जर्सीबाटै कुन देशको समर्थक हो भन्ने थाहा हुन्छ । राजधानीका केही फेसन स्टोरमा गरिएको अध्ययन अनुसार यसपटकको विश्वकपमा छिटै घर फिर्नुपरे पनि अर्जेन्टिना र ब्राजिलको जर्सी नै सबैभन्दा बढी बिके ।

बालकोटकी सरिता बस्नेतको ‘बेबी सप’ मा विश्वकपकै कारण उनले बच्चाहरूको मात्रै नभई युवालाई समेत लक्ष्यित गरी जर्सीहरू राखिन् । उनको बेबी सपबाट पनि अर्जेन्टिना र ब्राजिलकै जर्सीहरू बढी बिक्री भए । ‘अन्य देशको तुलनामा यसपटक धेरैजसो बच्चा र युवाले अर्जेन्टिना र ब्राजिलकै जर्सीहरू लगे,’ उनले भनिन् ।

उनकोमा अर्जेन्टिना, ब्राजिलपछि जर्मनी, पोर्चुगललगायत देशका जर्सीहरू पनि बिके । विश्वकपमा सहभागी अन्य देशको भने जर्सी उनले राखेकी थिइनन् ।

‘मागअनुसार नै जर्सीहरू राख्ने हो,’ उनले भनिन्, ‘अन्य देशको माग नै आएन । त्यसैले ल्याउँदै ल्याइएन ।’ उनले महाबौद्धबाट होलसेलमा जर्सी ल्याएर बेच्छिन् । उनकोमा सात सय पचास रुपैयाँसम्मका जर्सीहरू राखिएका थिए ।


राजधानीमा एडिडासका सोरुमहरू दरबारमार्ग र पाटनमा छन् । एडिडासले जर्मनी र अर्जेन्टिनाका जर्सी उत्पादन गर्ने गर्छ । त्यसो त नेपालमा एडिडासका विक्रेता जितेन्द्र महर्जनले पनि यस वर्ष पहिलेको तुलनामा जर्मनी र अर्जेन्टिनाका जर्सी धेरै बिकेको बताए । तर जर्मनी समूह चरणको खेलबाटै बाहिरियो भने अर्जेन्टिना नकआउट चरणबाट बाहिरिएपछि दुवै देशका जर्सी किन्नेको संख्या एकाएक घट्यो । यस वर्ष रुस, जापान, मेक्सिको लगायतका जर्सीहरू राखे पनि व्यापार धेरै नभएको उनले सुनाए ।

‘जुन देशको क्रेज बढी छ, त्यही नै बिक्री हुँदोरहेछ,’ उनले भने, ‘रसियालगायत अन्य नयाँ देशहरूको क्रेज नै छैन भन्दा हुन्छ नेपालमा । त्यसैले बिकाउन गाह्रो छ ।’

धुम्बाराहीको पीपलबोटमा रविना शाक्यले जर्सीको सोरुम एलिट स्पोट्र्स खोलेको चार वर्ष भयो । उनको सोरुममा विश्वकपमा सहभागी प्राय: देशका जर्सीहरू पाइन्छन् । वल्र्डकप सुरु हुनुभन्दा पहिले उनको सोरुमबाट जर्मनीको जर्सी धेरै बिकेको थियो । तर जर्मनीले हारेपछि बिक्री ठप्प भयो ।

यो भन्दा पहिलेको विश्वकप जितेको कारणले पनि यस वर्ष जर्मनीको जर्सी बिकेको हुन सक्ने अनुमान उनले लगाइन् । त्यसपछि अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जापानका जर्सीहरू पनि राम्रै गइरहेका थिए । तर ब्राजिल पनि हारेपछि यी देशका पनि जर्सीहरूको बिक्रीमा कमी आएको छ । उनको सोरुममा नाइजेरियाको जर्सी खोज्दै पनि केही दर्शक आएका थिए रे ।

‘मिडियामा नाइजेरियन प्लेयरहरूका बारेमा समाचार आएकाले गर्दा जर्सी खोज्न आएका हुन सक्छन्,’ उनले भनिन्, ‘यसका अलावा अहिले सेमिफाइनल पुगेका क्रोएसिया, फ्रान्स, इङल्यान्ड र बेल्जियमका जर्सी पनि खोज्न थालिएको छ ।’

स्कुले बालबालिकाबाट जर्सीको डिमान्ड थुपै्र आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved