
न्यायाधीशलाई गालीगलौज गरेको, नाराबाजी गरेको भन्दै गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश सपना प्रधान मल्ल र नृपध्व निरौलाको इजलासले २३ वैशाखमा सुनारलाई सात दिनभित्र लिखति जवाफ पेश गर्न आदेश दिएको छ ।