पछिल्लो ६ महिनाको अवधीमा सुनसरीमा अन्य प्रकृतिका घटनाको दाँजोमा बलात्कार र बलात्कार प्रयासका घटना बढी भएका छन् ।जसमा १९ जना बालिका बलात्कारको शिकार भएका छन् । कुल ३४ वटा बलात्कारका घटना भएको सुनसरीमा पीडित बन्न पुगेका महिलाहरुको संख्या भने १५ जना रहेको छ ।
त्यसैगरी ६ महिनाकै अवधीमा १३ वटा बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन् । जसमा समेत पीडित हुनेको संख्यामा बालिकाहरुनै बढी छन् ।इन्सेक सुनसरीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ लाई आधार मानी तयार पारेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लागत प्रतिवेदन सहितको विवरण सार्वजनिक गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधी जयकृष्ण यादवद्धारा सार्वजनिक प्रतिवेदनमा बलात्कार पछि सुनसरीमा ६ महिनाको अवधीमा १३ वटा बहुविवाहका घटना भएका छन् । त्यसैगरी २ वटा बाल विवाह, मानव बेचविखन सम्वन्धि १० घटना, हत्याका ६ र अपहरण सम्वन्धी ५ तथा बोक्सीको आरोपमा कुटपिट भएको एउटा घटना भएको इन्सेक सुनसरीको तथ्याङकमा उल्लेख गरिएको छ ।९७ वटा विभिन्न प्रकृतिका घटना विवरण समावेश रहेको इन्स्ेकको प्रतिवेदनले सुनसरीमा ४ वटा मानव अधिकार उल्लङघनका घटनालाई दर्शाउँदा अन्य भने अपराधजन्य विवरणलाई समावेश गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
राज्य पक्षबाट भएका मानव अधिकार उल्लङघनका घटनामा १४ जना पीडित बनेको तथ्याङकमा उल्लेख छ । तथ्याङकमा कुल ९७ घटनामा १ सय ६ जना पीडित बनेको उल्लेख छ ।प्रतिवेदन सार्वजनिक कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती सहित इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापा, महिला मानव अधिकार रक्षककी केन्द्रीय सदस्य मञ्जिता उपाध्याय र राष्ट्रिय मानव अधिकार आयोग बिराटनगरका चिरञ्जिवी कोइराला लगायत सरोकारावालाहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved