दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव

  • प्रकाशित मितिः मंसिर १५, २०८२
  • 194 पटक पढिएको
  • जीवन फुयाल

काठमाडौं । स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित शी लिड्स आइकन दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव मंसिर २२ गते हुने भएको छ ।

कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा निर्णायक मण्डलले छनोट गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिने बताइएको छ । प्रेरणादायी महिला जनप्रतिनिधि मध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरी सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख अन्सारी घर्ती मगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थितिमा रहनेछन् ।

कार्यक्रममा स्थानीय सरकारले आफ्ना सेवा, योजना तथा उत्पादनका स्टल राखी सूचना केन्द्रमार्फत जनप्रतिनिधिहरूका काम र उपलब्धिहरू प्रस्तुत गर्नेछन् । साथै महिला उद्यमीहरूले उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन् ।

यसैगरी, महिला नेतृत्व, राजनीतिमा सहभागिता र उद्यमशीलतामा महिलाको भूमिका विषयक बहस, छलफल तथा प्यानल डिस्कसन समेत हुने कार्यक्रमको तयारी भइरहेको छ ।

प्यानल डिस्कसनमा नेपाल उद्योग वाणिज्य महासङ्घकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महांसंघकी अध्यक्ष शोभा ज्ञवाली र इनड्राइभ नेपालकी रिता पोखरेल, साथै शी लिड्स आइकनको पहिलो संस्करणका आइकनहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष कोइरालाले यस कार्यक्रमलाई ३० वर्षभन्दा कम उमेरका युवाले सञ्चालन गरिरहेको उल्लेख गर्दै कुनै पनि दातृ निकायको सहयोग बिना संस्थाले निरन्तर सामाजिक नेतृत्व विकासका कार्यक्रम अघि बढाएको तथ्यलाई नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको बताइन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved