मेलमिलाप प्रतिक्षालय हस्तान्तरण
ASEZWAO चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह हो। ASEZ को अर्थ Save The Earth From A to Z हो। जसको अर्थ पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ रहेको छ। WAO को अर्थ चाहिँ We Are One family अर्थात् हामी एउटै परिवार हौ भन्ने अर्थ रहेको छ।,हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने नारा Asez wao मा रहेको छ ।
हाल १७५ वटा राष्ट्रहरूमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर AsezWao ले बिभिन्न अभियान गरिरहेको छ। जस अन्तर्गत Asez wao ले इलका प्रहरी कार्यलय इटहरीको प्रांगणमा मेलमिलाप प्रतिक्षालय निर्माण गरी आज हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथिको रूपमा श्री प्रहरी नायब उपरिक्षक श्री सुभास हमाल ज्यू पाल्नु भएको थीयो साथै इटहरी उप माहानगर पालिका वडा ९का वाडा अध्यक्ष श्री जीतेन्द थापा ज्यू लगायत राजनितिक ,सामाजिक ,शैक्षीक , प्रशासनिक,सुचना तथा सन्चार, लगायत बिभिन्न क्षेत्रबाट उपस्थित अतिथीहरूको पनि बाक्लो उपस्थीती रहको थियो ।साथै Asez Wao का 200 जना भन्दा बढी सदस्यहरूको सहभागीता रहेको थियो।
Asez wao का सदस्यहरूले इलाका प्रहरी कार्यलय इटहरीलाइ मेलमिलाप प्रतिक्षालय निर्माण गरी दिन पाउदा निकै खुशी ब्याक्त गरेका थिए। स्वयम सेवा गर्न सकिने थुप्रै ठाउँहरू भए पनि सधै देश र जनताको शान्ति र सुरक्षाको निम्ति अहोरात्र परिश्रम गर्नु भएका नेपाल प्रहरी हाम्रो साथी भन्ने नारा मात्र होइन हामी पनि प्रहरीको साथी हौ भन्ने जोलन्त उदहरण बनेर देखाएका थिए । उक्त कार्यको कदर गर्दै इलका प्रहरी कार्यलयको तर्फबाट Asez Wao लाइ प्रसंसा पत्र पनि प्रदान गरेको थियो। त्यसै गरि इटहरी रंगशाला सर सफाइमा समेत सहभागी भएकोले इटहरी राष्ट्रीय गागृती क्लब द्वारा समेत Asez wao लाइ सम्मान पत्र प्रदान गरेको थियो । साथै Asez wao ले आगामी दिनमा पनि देश र समाजको निम्ती अझ राम्रो काम गर्दै जानुहोस भनि सुभकामना ब्याक्त गरेका थिए ।
Asez Wao ले हामी एउटै परिवार भएर मानबजाती र पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने नाराका साथ बिभिन्न अभियान सञ्चालन गर्दै आएको कुरा बताए । रक्तदान कार्यक्रम , शैक्षिक सहयोग आपत्कालीन ब्याबस्थापन ,राहत बितरण , वृदा आश्रममा सहयोग ,सडक सरसफाई ,खोला/ नदी /समुद्र सरसफाई ,पृथ्वीलाई स्वच्छ हराभरा बनाउन वृक्षारोपण कार्यक्रम ,जनचेतना जगाउन गोष्ठी कार्यक्रमको आयोजना ,बिभिन्न सरकारी निकायहरु र संघ संस्थाहरू सँग सहकार्य गर्दै UN ले बनाएको सन् २०४० सम्म प्लास्टिक मुक्त गर्नेछौँ भने त्यो अभियानभित्र दिगो संसार बनाउन UNSDGs हस्ताक्षर समर्थन गर्दै अगाडि बढिरहेको कुरा Asez wao का एक अधिकारीले जानकारी दिए। परिणाम स्वरूप ASEZWAO ले गरेको कार्यहरूको कदर गर्दे विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरू हासिल गरी रहेको छ जस अन्तर्गत अमेरिकाबाट, अमेरिकी राष्ट्रपतिय स्वयंसेवक एवार्ड ,पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट मान्यता प्राप्त प्रमाण पत्र, पेरु गभर्नरबाट सम्मान पदक हासिल गरेको छ ,त्यसैगरी ग्रीन वर्ल्ड एवार्ड र ग्रीन एप्पल एवार्ड गरी करिब ७०० भन्दा बढी एवार्डहरू हासिल गर्न सफल भएको छ।नेपालबाट पनि बिभिन्न निकायहरूबाट प्रशंसापत्रहरू प्राप्त गरिरहेको कुरा बताएका छन ।
AsezWao का सदस्यहरूले नेपालमा पनि यो बर्ष बिभिन्न गतिविधिहरु सञ्चालन गरको कुरा बताएका थिए । मकवानपुरको बस्तीपुर ,भक्तपुरको दुवाकोट, ललितपुरको ग्वार्को, नेपालगञ्जको वाटरपार्क, ललितपुरको भैँसीपाटी एकान्तकुना,भरतपुरको जोर-कोसुम पार्क, त्रियुगा नगरपालिकाको सडक र पार्क , सुन्दर हरैचा ग्रामथान , विनायक नगरपालिकाको सडक ,गोकर्णेश्वर सुन्दरीजलको सडक ,बुढानिलकण्ठ नगरपालिका सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको सुभ मार्ग टोलमा छिमेकी सहज पुल निर्माण कार्य ,चन्द्रागिरी वडा नं ४ मा डस्टबिन राख्ने कार्य , टिकापुरमा Mom's गार्डेन प्रोजेक्ट (बृक्षारोपन),सहयोगी उच्च माध्यमिक विद्यालयमा जिरो प्लास्टिक क्यम्पेन,ललितपुरमा ASEZWAO वातावरण कन्सर्ट ,इलाका प्रहरी कार्यालय बाँकेमा डस्बिन सेवा ,टोखा वडा ८मा प्लास्टिक मुक्त २०४० seminar र सरसफाई गतिविधि ,प्रहरी वृत बिभाग सातदोबाटोको भबनमा ASEZWAO ले रंगरोगन सम्पन्न गरी सकेको बताए । साथै प्लास्टिक मुक्त अभियान प्रत्येक वडा कार्यलय , नगरपालिका ,सरकारी निकायहरु, संघ संस्था, कलेज र बिधालय जस्ता ठाँउ ठाँउमा ASEZWAO ले निरन्तर जारि राख्ने प्रतिबधता पनि जाहेर गरेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved