कला, साहित्य र मौलिक संस्कृतिको संरक्षणमा सक्रिय संखुवासभा रोधि समूह
संखुवासभा रोधि समूह पछिल्लो समय कला, साहित्य, संगीत तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन अभियानमा सक्रिय रूपमा जुटिरहेको छ। २०७४ सालमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।
स्थापनाकालदेखि नै संस्थाले आफ्नो गाउँ–ठाउँको परिवेश, मेलापातमा घन्किने लोकभाकाहरू, लोकनृत्य तथा परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिँदै आएको छ। यस्ता प्रयासले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुर्याएको संस्थाको भनाइ छ।
हाल संखुवासभा रोधि समूहलाई देश तथा विदेशबाट समेत सहयोग जुट्न थालेको छ, जसले संस्थाका गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाएको छ। संस्थाको मुख्य उद्देश्य कला, साहित्य र संगीतसँगै आफ्नै मौलिक परम्परा, लोकसंस्कृति तथा सांस्कृतिक पहिचानको संरक्षण गर्नु रहेको छ।
संस्थाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिँदै समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य लिएको जनाएको छ।
संस्थापक तथा कार्यसमिति सदस्यहरू
संरक्षक:
छिरिङ शेर्पा,अध्यक्ष:माया गुरुङ,बरिष्ठ उपाध्यक्ष:शान्ता गुरुङ,उपाध्यक्षहरू:सुनाबुटी शेर्पा,सविता गुरुङ
महासचिव:सूर्य कोरङ्गी (रिता) गुरुङ
सचिव:वसन्त मेघी गुरुङ,कोषाध्यक्ष:सोभा गुरुङ,सदस्यहरू:
इन्द्रा गुरुङ,नवीन दाहाल,मानसी गुरुङ,जेनि गुरुङ,सङ्गिता गुरुङ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved