धरानमा दुर्घटनामा मृत्यु हुने ५ मध्ये २ जनाको नाम खुल्यो ११ जना घाइते

  • प्रकाशित मितिः माघ ५, २०८२
  • 333 पटक पढिएको
  • जीवन फुयाल

धरान : धरान–१३ जिरो प्वाईन्टमा आज आइतबार भएको स्कुल बस  दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
भेडेटारबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक औषधि पसलमा ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको हो । 
प्रहरी अनुसार दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरूमा महोत्तरी ८ गैडाबिदपुरका स्कुल सञ्चालक ३१ वर्षीय धैरिया कुमार यादव, जनकपुर घर भएका १८ महिनाका रियव कुमार मण्डल छन् । अन्य ३ जनाको नाम खुलेको छैन ।
बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरूमा धरान १३ का ४३ वर्षीय यसोदा श्रेष्ठ, जनकपुर घर भएका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल, ४० वर्षिया मनिता देवी मण्डल छन् ।
यस्तै ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीय सुनेना देवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षिया रिता मण्डल, ३८ वर्षीय जितेन्द्र मण्डल र बस चालक २५ वर्षीय मोहम्मद गुलाल रहेका छन् । १ जनाको नाम खुलेको छैन ।
घाइतेहरूको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी भीषण बाबु राईले बताए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसल समेत क्षतिग्रस्त भएको छ । एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved