गर्भपतनले बढ्दैछ महिलामा मनोवैज्ञानिक समस्या

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1172 पटक पढिएको
  • Mausam

गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोधा अस्पतालमा आइतबार आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको बताउनुुभयो । गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको प्रा डा हाडाको भनाइ छ । उहाँका अनुसार हाल करीब ४७ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ ।

झन्डै तीन दशकदेखि स्त्री तथा प्रसूति रोगको उपचारमा समर्पित प्रा डा हाडा पहिलेपहिले महिलामा अज्ञानताका कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज शिक्षित र सचेत भएका कारण यस्ता समस्या घट्दै गएको बताउनुहुन्छ । “महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्या कम गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved