उदयपुरको बेलका नगरपालिका वडा नं. ५ को थोपे सिँचाइ योजना लथालिङ्ग अवस्थामा

  • प्रकाशित मितिः जेठ ८, २०८३
  • 158 पटक पढिएको
  • जीवन बुढाथोकी

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ५ अन्तर्गत तिलबारी–कुम्बेडाँडा टोल विकास क्षेत्रमा निर्माण भइरहेको २ करोड ६ लाख रुपैयाँ लागतको थोपे सिँचाइ योजना अहिले लथालिङ्ग अवस्थामा रहेको भन्दै स्थानीय स्तरमा व्यापक चासो र गुनासो बढ्दै गएको छ। किसानको खेतसम्म सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको योजना प्रभावकारी रूपमा अघि नबढेको, काममा ढिलासुस्ती भएको तथा गुणस्तरमाथि समेत प्रश्न उठ्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।
यसै विषयलाई लिएर समाजसेवी जीवन बुढाथोकी ले उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पाण्डेय सँग फोनमार्फत कुराकानी गर्नुभएको बताइएको छ। बुढाथोकीका अनुसार सहायक सिडियो पाण्डेयले योजनामा अनियमितता वा भ्रष्टाचार देखिए आवश्यक प्रमाणसहित अख्तियारमा उजुरी दिन सकिने बताउँदै सत्य र जनताको पक्षमा आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको छ।
उक्त फोन संवादबारे जानकारी दिँदै समाजसेवी बुढाथोकीले आफ्नो फेसबुकमार्फत भिडियोसमेत सार्वजनिक गर्नुभएको छ। भिडियो सार्वजनिक भएपछि स्थानीय स्तरमा योजना सम्बन्धी बहस अझ तीव्र बनेको देखिन्छ। स्थानीयवासीले करोडौं बजेट विनियोजन भएको योजना प्रभावकारी रूपमा सम्पन्न हुनुपर्ने माग गर्दै निष्पक्ष अनुगमन र छानबिन आवश्यक रहेको बताएका छन्।
समाजसेवी बुढाथोकी विगत लामो समयदेखि बेलका नगरपालिका को समृद्ध विकास, सुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाउने तथा जनताका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने कार्यमा सक्रिय रूपमा लाग्दै आउनुभएको छ। उहाँले खानेपानी, सडक, सिँचाइ, नदी उत्खनन लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको स्थानीयवासी बताउँछन्। विकास निर्माणका काम पारदर्शी, जनमुखी र गुणस्तरीय हुनुपर्ने मागसहित उहाँले सामाजिक अभियन्ताको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
स्थानीय किसान तथा सर्वसाधारणले पनि बेलकाको विकास निर्माणमा जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित निकाय सबै जिम्मेवार बन्नुपर्ने भन्दै थोपे सिँचाइ योजनाको वास्तविक अवस्था सार्वजनिक गर्न र कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved