उदयपुरको बेलका–३ रातापानीका युवाद्वारा पुल र सडक निर्माणको माग

  • प्रकाशित मितिः जेठ १०, २०८३
  • 24 पटक पढिएको
  • जीवन बुढाथोकी

उदयपुर जिल्ला अन्तर्गत बेलका नगरपालिका वडा नं. ३ रातापानीका युवाहरूले स्थानीय समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै रातापानी घुम्ने बाटो निर्माण तथा लालखरे खोलामा पुल निर्माणको माग गरेका छन्।
स्थानीय युवाहरूले मेयर अशोक कार्की लाई मागपत्र बुझाउँदै वर्षौंदेखि पुल नबन्दा रातापानी क्षेत्रका बासिन्दाले दैनिक रूपमा सास्ती खेप्नुपरेको बताएका छन्। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत प्रभावित हुने, बिरामीलाई अस्पताल लैजान कठिन हुने तथा विद्यार्थीहरू विद्यालय जानसमेत समस्या हुने गरेको स्थानीयको गुनासो छ।
युवाहरूले रातापानी घुम्ने बाटो निर्माण नहुँदा स्थानीय बासिन्दा, किसान तथा सर्वसाधारणले यातायात, कृषि उपज ढुवानी र दैनिक कामकाजमा ठूलो समस्या झेल्दै आएको उल्लेख गरेका छन्। उनीहरूले स्थानीय सरकारसँगै प्रदेश सरकार र संघीय सरकारले पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
मागपत्र बुझाउने क्रममा युवाहरूले “विकासको मुख्य आधार सडक र पुल भएकाले अब आश्वासन मात्र होइन, तत्काल कामको सुरुवात हुनुपर्छ” भन्ने धारणा राखेका थिए। स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएको यो मागप्रति सम्बन्धित निकायले चाँडो ध्यान दिई आवश्यक बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।

रातापानीवासीले पुल निर्माण र सडक स्तरोन्नति भएमा स्थानीय जनजीवन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved