बिरामीलाई निःशुल्क यातायात सेवा दिएको २३ महिना पूरा

  • प्रकाशित मितिः जेठ १८, २०८३
  • 100 पटक पढिएको
  • जीवन बुढाथोकी

खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडा सदस्य राजेन्द्र खड्का ले बिरामीका लागि सञ्चालन गर्दै आएको निःशुल्क यातायात सेवा २३ महिना पूरा भएको बताएका छन्।

वडा सदस्य खड्काले आफ्नै व्यक्तिगत पहलमा मौवाबोटे तथा आसपासका क्षेत्रका बिरामीलाई बेल्टार, धरान र विराटनगरसम्म उपचारका लागि पुग्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क यातायात सेवा सञ्चालन गर्दै आएका हुन्। आर्थिक अवस्था कमजोर भएका तथा आकस्मिक उपचार आवश्यक परेका बिरामीलाई यस सेवाले ठूलो राहत पुर्‍याएको स्थानीयवासीको भनाइ छ।

सेवा सञ्चालनको २३ महिना पूरा भएको अवसरमा खड्काले स्थानीयवासीको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यो अभियान सामाजिक सेवाको उत्कृष्ट उदाहरण बनेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved