शाखाले विभिन्न प्रकारका चामलमा विशेष छुट उपलब्ध गराउँदै सार्वजनिक बिदाका दिनसमेत बिक्री सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ। दुर्गम तथा हिमाली जिल्लाका नागरिकलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो योजनाले विशेषगरी न्यून आय भएका परिवार, ज्येष्ठ नागरिक तथा विकट बस्तीका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
शाखा प्रमुख प्रकाश तिम्सिनाले नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए। खाद्यान्न खरिदका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न तथा बिदाका दिनसमेत सेवा उपलब्ध गराउन बिक्री केन्द्र खुला राख्ने निर्णय गरिएको उनले जानकारी दिए।
पछिल्लो समय बजारमा खाद्यान्नको मूल्य बढिरहेका बेला सरकारी स्वामित्वको संस्थाबाट सहुलियत मूल्यमा चामल उपलब्ध गराइनु उपभोक्ताका लागि राहतको विषय बनेको छ। स्थानीय उपभोक्ताले कम्पनीको निर्णयको स्वागत गर्दै यसले सर्वसाधारणको दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
ताप्लेजुङ जस्तो भौगोलिक रूपमा विकट जिल्लामा खाद्यान्न आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण मानिन्छ। यस्ता चुनौतीका बीच शाखाले निरन्तर रूपमा खाद्यान्न मौज्दात कायम राख्दै सेवा विस्तार गरिरहेको छ। खाद्यान्न अभाव हुन नदिन र नागरिकलाई आवश्यक सामग्री समयमै उपलब्ध गराउन कम्पनीले विशेष प्राथमिकता दिएको जनाएको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले पनि कम्पनीको यो पहल प्रशंसनीय भएको बताएका छन्। उनीहरूका अनुसार सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने र सार्वजनिक बिदाका दिनसमेत बिक्री खुला राख्ने निर्णयले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।
शाखा प्रमुख तिम्सिनाले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खाद्यान्न आपूर्ति व्यवस्थालाई अझ सुदृढ बनाउँदै उपभोक्ताको विश्वास कायम राख्ने लक्ष्य रहेको बताए।
कम्पनीको यो अभियानले ताप्लेजुङका उपभोक्तालाई राहत दिनुका साथै सरकारी सेवाप्रति जनविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved