पाथीभारा टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन ,अध्यक्ष देवी प्रसाद घिमिरे

  • प्रकाशित मितिः जेठ २३, २०८३
  • 186 पटक पढिएको
  • जीवन फुयाल

इटहरी–५, सुनसरी स्थित पाथीभारा टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष भिष्म धिमिरे रहनुभएको थियो,नव निर्वाचित  समिति  को  अध्यक्ष  श्री. देवी प्रसाद घिमिरे , उपअध्यक्ष श्री मित्र वहादुर गौतम,श्री लोकेन्द्र वानियाँ, सचिव  ,श्री शिर्जना कार्की,कोषाध्यक्ष.सदस्य  श्री दिल कुमार राई श्री सिता राई श्री. जीवन फुयाल  श्री कमल खत्री श्री सानु तामाङ्ग श्री. भिम बहादुर बराल  श्री. चुडामणी दुलाल इटहरी–५ स्थित पाथीभरा टोल विकास संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभाका अवसरमा अधिवेशनका अवसरमा संस्थाले ११ वटा नयाँ घरधुरीलाई सदस्यता प्रदान गर्दै टोल विकास अभियानमा आबद्ध गराएको छ। साथै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै एक जना अपांग व्यक्तिलाई आवश्यक सामग्री तथा सहयोग हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले टोलको समग्र विकास, सरसफाइ, सामाजिक सद्भाव र सामुदायिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।

प्रमुख अतिथि वडा अध्यक्ष भिष्म धिमिरेले टोल विकास संस्थाहरू स्थानीय विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले समुदायबीच एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

इटहरी–५, सुनसरी स्थित पाथीभारा टोल विकास संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन  वार्षिक गतिविधिको समीक्षा, आगामी योजनाको तय, आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल गर्ने जनाएको छ। स्थानीय बासिन्दाको सक्रिय सहभागितामार्फत टोलको विकास, सामाजिक एकता र सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्थाले समुदायमा सडक, सरसफाइ, वातावरण संरक्षण, सामाजिक सद्भाव तथा विभिन्न जनचेतनामूलक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस अधिवेशनबाट सक्षम र जिम्मेवार नेतृत्व चयन भई आगामी दिनमा टोलको समग्र विकासले थप गति लिने अपेक्षा गरिएको छ। संस्थाले सम्पूर्ण सदस्य, स्थानीयवासी तथा सरोकारवालाहरूलाई निर्धारित समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ। वार्षिक साधारण सभा र अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै समुदायको साझा हितमा सहकार्य र एकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved