राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश समितिमा सुनिल भुशाल मनोनित

  • प्रकाशित मितिः असार ३, २०८३
  • 54 पटक पढिएको
  • जीवन फुयाल

इटहरी /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले सुनसरीको इटहरी निवासी सुनिल भुशाललाई कोशी प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरेको छ। प्रदेश अधिवेशन कार्यविधि २०८३ को दफा ७ (क) बमोजिम उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीद्वारा जारी मनोनयन पत्रअनुसार सुनिल मुशाललाई संगठन सुदृढीकरण, नीति कार्यान्वयन तथा प्रदेशस्तरका गतिविधिलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासहित कार्यसमिति सदस्यमा मनोनयन गरिएको उल्लेख गरिएको छ।
मनोनयनसँगै पार्टीले उहाँलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। साथै, आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि दिएको छ।
सुनिल भुशाल लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। प्रदेश कार्यसमितिमा उनको आगमनले संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
कोशी प्रदेशका सभापति चन्द्रबहादुर राईद्वारा हस्ताक्षरित मनोनयन पत्रमा पार्टीको विधान र कार्यविधिअनुसार जिम्मेवारी बहन गर्न आग्रह गरिएको छ। पार्टीले प्रदेशभर संगठनलाई थप प्रभावकारी र गतिशील बनाउने लक्ष्यसहित सक्षम तथा सक्रिय व्यक्तिहरूलाई नेतृत्व तहमा समेट्ने नीति अवलम्बन गरिरहेको जनाएको छ।
यस मनोनयनलाई रास्वपाका कार्यकर्ता तथा शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत सुनिल भुशाल लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम पनि बढिरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रदेशस्तरमा अनुभवी र सक्रिय व्यक्तिहरूलाई जिम्मेवारी दिँदै संगठन विस्तार गर्ने रास्वपाको रणनीतिले आगामी दिनमा पार्टीलाई थप मजबुत बनाउन सहयोग पुग्न सक्छ। सुनिल भु शालको मनोनयन पनि सोही अभियानको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यससँगै सुनिल 

भुशालले पार्टीप्रति आफ्नो प्रतिबद्धता जनाउँदै दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र जनउत्तरदायी भावनाका साथ पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उहाँको मनोनयनले कोशी प्रदेशमा रास्वपाको संगठनात्मक गतिविधिलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved