लागूऔषध प्रकरणमा रामधुनी नगरपालिकाका कर्मचारी पक्राउ

  • प्रकाशित मितिः असार १४, २०८३
  • 166 पटक पढिएको
  • जिवन फुयाल

सुनसरी, /पक्राउ परेका शिशिर गुरागाईं हाल रामधुनी नगरपालिकाको योजना शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत रहेको खुलेको छ। उनी लागूऔषधसहित पक्राउ परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस विषयमा रामधुनी नगरपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।  सुनसरीको रामधुनी नगरपालिका–५, लगुना चोकमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मिति २०८३ असार १० गते दिउँसो १:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी चेकिङ टोलीले नियमित सवारी जाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो। प्रहरीले जाँच गर्न संकेत गरेपछि मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल सडक किनारमा छाडेर भागेका थिए।
प्रहरी टोलीले उनीहरूको पछ्याउँदै जाँदा उनीहरूले नजिकै रहेको चिया पसलको पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका बरामद गरेको थियो। उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको ब्राउन सुगर जस्तो देखिने १.७० ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रामधुनी नगरपालिका–७ निवासी २७ वर्षीय शिशिर गुरागाईं र रामधुनी नगरपालिका–५ निवासी २५ वर्षीय विमल लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट लागूऔषधसहित प्रयोग गरिएको मोटरसाइकल र एक थान डिजिटल तराजु पनि बरामद गरिएको छ।
दुवै जनालाई बरामद लागूऔषध, मोटरसाइकल तथा अन्य सामग्रीसहित इलाका प्रहरी कार्यालय पकलीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तर प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved