ईटहरीमा लमिनारको नयाँ शोरुम उद्घाटन, टायल छनौट अब गुणस्तर र प्रयोगमा आधारित

  • प्रकाशित मितिः भदौ १९, २०८३
  • 63 पटक पढिएको
  • जीवन फुयाल

ईटहरीl नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले ईटहरीको हलगाडा मा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एण्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो ।

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनार शोरुमहरूमा फुलबडी , एन्टिब्याक्टेरियल सर्फेस र हाइ–ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन्। कम्पनीका अनुसार सोही कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुने गरेको छ।

पछिल्लो समय ईटहरीमा घर, व्यवसायिक भवन र विभिन्न निर्माण आयोजनाहरू विस्तार भइरहेका छन्। यससँगै टायल छनोट गर्दा केवल डिजाइन मान नभई कुन ठाउँमा कस्तो टायल प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिन थालिएको छ ।

यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन्। शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको छ।

लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने, ‘लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।’

कलर हाउस एण्ड सेनेटरीका सञ्चालक कमल कार्कीले भने,“अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।”

सोरुमलाई केवल बिक्री केन्द्रभन्दा पनि सल्लाह लिन सकिने ठाउँका रूपमा बनाइएको कम्पनीले जनाएको छ। यहाँ टायल छनौट गर्दा डिजाइनसँगै प्रयोग हुने ठाउँ, चिप्लिने सम्भावना, टिकाउपन र मर्मतको सहजता जस्ता कुराहरू पनि हेर्न सकिन्छ। अहिले बजारमा यस्तो सोच विस्तार हुँदै गएको कम्पनीको भनाइ छ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा ईटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुली, घरेलु तथा साना उद्योग कार्यलय इटहरीका प्रमुख राजन कुमार पाण्डेका साथै होटल व्यवसायी संघ ईटहरीका अध्यक्ष जय प्रकाश आचार्यको उपस्थित रहेको थियो ।

लामिनारले देशभर एम्पोरियो सोरुम सञ्जाललाई थप विस्तार गर्ने र उपयोगिता अनुसार टाइल बुझ्ने र छनोट गर्ने प्रक्रियालाई अझ व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved