ध्यानाकर्षित बनायो ‘कोलाजगीत’ ले......।पुस्तक समीक्षा)

  • प्रकाशित मितिः भदौ १९, २०८३
  • 52 पटक पढिएको
  • जीवन फुयाल

बेलबारी/गीतमा शक्ति हुन्छ। कठोर मन पगाल्ने औषधिजस्तै हुन्छ गीत। वसन्तको आगमनसँगै बिहानै सबै डाँडापाखाहरू ब्युँझन लाग्दा चराहरूले भाका हाल्दै गीत–संगीत सुसाउन थाल्छन्। त्यसबेला मीठो तन्द्रामा चराहरूको सुमधुर स्वरले सपनामा अलौकिक आनन्दानुभूति भइरहेको हुन्छ।
गीतको सम्बन्धमा एउटा मीठो सम्झना स्मरण हुन्छ मलाई। मोरङ जिल्लाको दादरबैरियामा बाँतर समुदायको बस्ती भएको ‘रङपुर’ नामको एउटा गाउँ छ। असारको बेला थियो। त्यो गाउँभित्रको एउटा खेतमा १५/१६ जना बाँतर समुदायका रोपाहार महिलाहरू एकै धुनमा, गानाका सुरमा धानका गावा छुपुछुपु रोप्दै थिए। त्यो बेला लाग्थ्यो—सारा वातावरण उनीहरूमा केन्द्रित छ। उनीहरूको धान रोपाइँको ताल र गीतको आवाजबाहेक एकखालको सन्नाटा छाएको थियो।
मानौँ उनीहरू एकोहोरिसकेका छन्, गीतको मर्मले उनीहरूलाई गहिरो गरी छोइसकेको छ भन्ने लाग्थ्यो। हेर्दाहेर्दै रोपाहारहरू त बडो दुःखको भावमा सुँक्क–सुँक्क गर्दै भक्कानिन थाले। हुँदाहुँदा एकछिनमा त एकै स्वरमा डाँको छोडेरै रुन थाले। मान्छेको मन न हो, उनीहरूको संवेदना यसरी पग्लिएको देखियो कि रुवाइसँगै गीतले झन् जोडले साथ दिइरहेको थियो।
उनीहरूको मातृभाषा त मैले बुझिनँ, तर उनीहरूको भित्रैदेखि ब्रह्माण्ड फुटेको महसुस हुँदा भने सहजै अनुमान गर्न सकिन्थ्यो—उनीहरूको गीतमा गहिरो भाव र मार्मिकता थियो। अत्यन्त दुःखान्त रहस्य थियो। सायद, त्यो गीतको भावले उनीहरूको मर्ममा भेदन गर्‍यो र त्यसरी कारुणिक हृदय पगाल्यो।
कर्णप्रिय गीतको सुनाइले श्रोताहरूमा एक प्रकारको आनन्दानुभूति पैदा गराउँछ। यसले सिङ्गो शरीरमा ऊर्जा प्रदान गर्नुका साथै मनोरञ्जन पनि त्यत्तिकै दिने गर्छ। कुनै सिपालु कलाकारको हातमा कुनै बाजा मात्र फेला पर्‍यो भने ओल्टाइपल्टाइ, छामछामछुमछुम गर्दै त्यसबाट उसले एउटा जीवन्त धुन निकालिदिन्छ। त्यसैगरी, एउटा राम्रो गायकले नगाइएका गीतहरू फेला पारेर स्वर दियो भने त्यसलाई कर्णप्रिय अनि कालजयी बनाइदिन सक्छ। हामीलाई कतिपय गीतका शब्द सामान्य लाग्लान्, तर त्यसको गायनले त्यसलाई निखार दिन्छ र पटक–पटक सुन्दा पनि धित नमरेर फेरि सुनौँ–सुनौँझैँ लागिरहन्छ।
मलाई अहिले २०३ पृष्ठको एउटा गीतसङ्ग्रह ‘कोलाजगीत’ पुस्तक हात परेको छ। यसका सर्जक तथा रचनाकार हुन् युवा साहित्यकार हिमांशु राय। लामो प्रयासपछि प्रकाशक दिपेन बान्तवा राईले यस पुस्तकलाई प्रकाशन गरी पाठकमाझ बजारमा ल्याइदिएका छन्।
सम्वत् २०६४/०६५ तिर एकपटक सर्जक हिमांशु रायको कवितासङ्ग्रह ‘भाग्य छल गर्छ’ तयारी अवस्थामा थियो। समयको खेल, केही प्राविधिक कारणले कम्प्युटरको हार्डडिस्क उडेपछि उक्त कवितासङ्ग्रह प्रकाशन गर्न असमर्थ मात्र भएन, त्यसमा भएका सम्पूर्ण कविताहरू पनि त्यसै हराएर बिलाएर गए। त्यस घटनाको प्रत्यक्ष साक्षी हुनुपर्दाको उहिलेको त्यो तीतो अनुभूति आजसम्म पनि भइरहेको छ। प्रकाशनका लागि आधाउधी तयारी भइसकेका कविताका सामग्री गुम्दा त्यसको प्रभाव हिमांशुमा लामो समयसम्म पर्न गयो। कताकता उनले आफ्नो लेखन यात्रा नै रोक्ने हुन् कि भन्ने चिन्ता र चासो हामीमा नबढेको भने पक्कै होइन। र, यो स्वाभाविक पनि थियो।
त्यसको लामो अन्तरालपछि बल्ल पुनः एउटा गीतसङ्ग्रहको जन्म भएको छ।
बाबु जितेश चन्द्र रायको जागिरे जीवनको क्रममा हिमांशुका मातापिताको बसोबास सोलुखुम्बु जिल्लाको नाम्चेमा छँदा जेठो छोरा हिमांशु रायको जन्म हुन गयो। त्यसपछि कालान्तरमा बाबुको जागिरको सरुवा हुँदै–हुँदै निजामती सेवाबाट निवृत्त अवस्थासम्म आइपुग्दा साविक डाँगीहाट गाविस वडा नं. ५, हाल बेलबारी नगरपालिका वडा नं. ११, लक्ष्मीमार्ग, मोरङमा जीवनको उत्तरार्ध बिसौनी हुन पुग्यो।
हिमांशुको पढाइको प्रारम्भिक चरण यही गाउँको लक्ष्मी माध्यमिक विद्यालयबाट एसएलसीसम्म भयो। त्यसपछि जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी हुँदै काठमाडौंको ललितपुर तिखेदेवल स्थित रहेको एज्रा थिओलोजी कलेज एण्ड सेमिनारी बाट ब्याचलर अफ थिओलोजी (बीटीएच) र मास्टर अफ डिभिनिटी (एम डिभ) सम्मको शैक्षिक शिक्षा हासिल गरेको बुझिन्छ।
आफ्नो बाल्यावस्थादेखि नै जीवनमा केही आर्थिक उपार्जन गरि केही सामाजिक उतरदाईत्व उदेश्यहरु पुरा गर्ने हुटहुटी हुदाहुदै पनि समय परिस्थितिले चाहेबमोजिम आर्थिक उपार्जन गरी चाहाना अनुरुपको लक्ष्यमा पुग्न नसकेको कटु यथार्थ अनि दुखेसो छ। बुबाआमाको स्वर्गारोहणपछि एक्कासि घर–व्यवहार सम्हाल्नु पर्दा व्यवहार र घरायसी जिम्मेवारीले उनलाई थिच्न थाल्यो। जीविकोपार्जनका लागि आफ्नै घरमा पसल सञ्चालन गर्दै आइरहेका छन्। यी सारा चुनौतीका बाबजुद पनि उनी विभिन्न सङ्घ–संस्थामा आबद्ध रही सामाजिक सेवा र साहित्य सेवामा सक्रिय हुँदै जिन्दगीलाई गन्तव्यउन्मुख बनाएर निरन्तर अघि बढिरहेको तीतो यथार्थ उनीसँग छ।
राजनीति,पत्रकारिता, समाजसेवा र विशेष गरी नेपाली भाषा–साहित्यमा लागिपरेका उनी कला–संस्कृतिमा औधी रुचि राख्छन्। उनी बढी गीत रचना गर्न मन पराउँछन्। साथै साहित्यका विभिन्न विधाहरू—लघुकथा, कथा, कविता, गजल, मुक्तक, हाइकु र पछिल्लो समय संस्मरण र निबन्ध लेखनमा समेत उनले क्रियाशिल रहेको बुझिन्छ।
रचनासँगसँगै आफ्ना गीतहरू एल्बममा रेकर्डिङ भएर सुन्न पाइयोस् भन्ने उनको चाहना देखिन्छ। त्यसैले उनका केही गीतहरू एल्बममा सुन्न पाइन्छन्। भजनमा पनि उनका केही गीतहरू सुन्न पाइन्छ। उनका केही गीतहरू नेपालका चर्चित ब्याण्डका गायक–गायिकाको स्वरमा समेत सुन्न पाइन्छ। स्वर्गीय गायक तथा सङ्गीतकार यादव वास्तोलाको स्वरमा उनका केही भजनगीतहरू रेकर्डिङ भएका छन्, ती पनि यदाकदा सुन्न पाइन्छन्।
यस सङ्ग्रहमा भएका गीतहरूले देशका धेरै क्षेत्रलाई समेटेको पाइन्छ। देशप्रेम र माटोको मायामा ओतप्रोत यस सङ्ग्रहमा नेपालको भूगोल—हिमाल, पहाड, तराई, कन्दरा, पाखापखेरा, लेकबेँसी—सबैतिरको दृष्टि पुगेको छ। त्यसैगरी सामाजिक विशेषता झल्किने इतिहास, समसामयिक विषय, संस्कृति, भेषभूषा आदिलाई उठान तथा संरक्षण गर्न हिमांशुले आफ्ना सिर्जनामार्फत ससक्त जोड दिएका

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved