१५औँ महाधिवेशन : इटहरी कांग्रेस सभापतिमा बालकृष्ण विष्टको उम्मेदवारी

  • प्रकाशित मितिः भदौ २५, २०८३
  • 104 पटक पढिएको
  • जीवन फुयाल

इटहरी /नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगर समितिको आसन्न नगर अधिवेशनमा वर्तमान उपसभापति बालकृष्ण विष्टले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

इटहरी कांग्रेसमा नयाँ नेतृत्वका लागि आकांक्षीहरू सक्रिय भइरहेका बेला विष्टले आफ्नो उम्मेदवारी अघि सारेसँगै नगर अधिवेशनको राजनीतिक माहोल थप तातेको छ। विष्टले पार्टी संगठनलाई थप सुदृढ, चलायमान र कार्यकर्तामैत्री बनाउने लक्ष्यसहित सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।

विष्ट इटहरी कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय नेता हुन्। उनी यसअघि इटहरी उपमहानगरपालिका–३ का वडाध्यक्षसमेत निर्वाचित भएका थिए। २०७८ सालको नगर अधिवेशनबाट उनी उपसभापतिमा निर्वाचित भएका थिए।

१४औँ महाधिवेशनमा विकास केसी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका विष्ट निर्वाचित भएका थिए। त्यतिबेला सभापतिमा हेमकर्ण पौडेल विजयी हुँदा उपसभापतिमा कोविदजंग कार्की र बालकृष्ण विष्ट निर्वाचित भएका थिए।

यसपटक सभापति हेमकर्ण पौडेल पुनः सभापति पदमा उम्मेदवार नबन्ने भएपछि इटहरी कांग्रेसमा नयाँ नेतृत्वको बहस सुरु भएको छ। सभापति पदका लागि कोविदजंग कार्की, विक्रम घिमिरेलगायतका नेताहरूले पनि दाबी प्रस्तुत गरिसकेका छन्। विकास केसीको नाम पनि नेतृत्वको चर्चामा रहेको छ।

विष्टले भने नगर सभापतिको चयन लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने धारणा अघि सारेका छन्। सर्वसम्मतिका नाममा नेतृत्वमा जवाफदेहिता कमजोर हुन सक्ने भन्दै उनले निर्वाचनमार्फत नेतृत्व चयन गर्दा कार्यकर्ताको वास्तविक मत र चाहना प्रतिबिम्बित हुने बताउँदै आएका छन्।

उनको उम्मेदवारीसँगै इटहरी कांग्रेसको आसन्न नगर अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता, आन्तरिक लोकतन्त्र, नयाँ पुस्तालाई अवसर तथा जनतासँग पार्टीको प्रत्यक्ष सम्बन्ध विस्तारजस्ता विषय आगामी नेतृत्वका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। इटहरीमा पनि अधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह र आकांक्षीहरूले आफ्नो पक्षमा समर्थन जुटाउन कार्यकर्ता भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।

बालकृष्ण विष्टको उम्मेदवारीले इटहरी कांग्रेसभित्रको शक्ति समीकरणमा समेत नयाँ तरंग ल्याएको छ। अब उम्मेदवारहरूबीचको प्रतिस्पर्धा, कार्यकर्ताको समर्थन र अन्तिम समयमा बन्ने राजनीतिक समीकरणले इटहरी कांग्रेसको नयाँ सभापति को बन्ने भन्ने टुंगो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved