नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकएसंगै तिजका गितहरु एकपछि अर्काे बजारमा अाउने क्रम जारी छ । यहि क्रममा सुमधुर अावाजकी धनी लाेकदाेहाेरी गायिका सपना शाही र प्रतिभा शाहीकाे अावाजमा ‘मादलु बज्याे’ तिज गित भिडियाेसहित बजारमा अाएकाे छ ।
माेडेल निरूता शाही र रूविना अधिकारीकाे अभिनय तथा नृत्य रहेकाे साे गीतमा सुवास घर्तीको शब्द रहेको छ भने संगित प्रेम विशव घर्तीको रहेको छ ।
तिज गित ‘मादलु बज्याे’ लाइ म्युजिक नेपालले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
सत्यवती मिडिया फिल्मस्ले बजार व्यवस्थापन गरेको गितको म्युजिक भिडियोको निर्देशन उदिराम खड्काले गरेका हुन् ।
गितमा छांयाकन हरि नारायण चौधरीको रहेको छ भने सम्पादन विवेक खड्काको रहेको छ ।