चीनले धानेको रुस विश्वकप: सबैभन्दा बढी चिनियाँ दर्शक

  • प्रकाशित मितिः असार २७, २०७५
  • 952 पटक पढिएको
  • Mausam

विश्व फुटबल महासंघ (फिफा) मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या र आर्थिक समृद्धिको हिसाबले उत्कृष्ट छलाङ मारिरहेको चीनले फिफाको पछिल्लो मर्मलाई राहत पुर्‍यायो ।

विश्वकपमा सहभागी नजनाए पनि चिनियाँ कम्पनीहरूले विश्वकपमा अर्बाैं अमेरिकी डलर प्रयोजन गरेका छन् । जारी विश्वकपमा सहभागी नभए पनि चीनले विश्व फुटबललाई ऐतिहासिक सहयोग गरिरहेको फिफाका सञ्चार प्रमुख फिलिप ले फ्लोच बताउँछन् । ‘फिफामा के भएको थियो भन्ने सबैलाई थाहा छ ।

भ्रष्टाचारका कारण दूषित बनेको विश्व फुटबललाई चिनियाँ लगानीले ठूलो टेवा दिएको छ । पश्चिमा राष्ट्रका कम्पनीहरूले फुटबलबाट हात झिकेका थिए । त्यसपछि फिफा आर्थिक हिसाबले कठिन मोडमा थियो । यस्तो अवस्थामा चिनियाँ बहुर्राष्ट्रिय कम्पनीहरूले फुटबललाई गतिलो साथ दिएका छन्,’ फिलिप भन्छन् ।

पछिल्लो समय आर्थिक र औद्योगिक रूपमा अगाडि रहेको चीनले नै फुटबल विकासको नेतृत्व लिन सक्ने फिलिप बताउँछन् । चीनले सन् २०१० को संस्करणदेखि विश्वकपमा प्रयोजन सहयोग सुरुआत गरेको थियो । त्यतिबेला सोलार प्यानल ‘यिन्जी ग्रिन इनर्जी’ र ‘वान्डा रियल स्टेट’ ले विश्वकपका लागि प्रयोजन सुरु गरेका थिए । रुस विश्वकपमा पनि चीनको वान्डा स्पोर्ट्स ग्रुपले करोडौं अमेरिकी डलर प्रयोजन गरिरहेको छ ।

यसैगरी चीनकै मोबाइल कम्पनी हिसेन्स र भिभोको पनि जारी विश्वकपलाई गतिलो साथ छ । फिफालाई अहिले सातवटा ठूला बहुराष्ट्रिय कम्पनीको साथ छ, जसको धेरै हिस्सा चिनियाँ कम्पनीको छ । वाडाका प्रमुख प्रबन्धक याङ हेङमिङले चीन फिफाको प्रमुख सहयोगी बन्न पाउनु गर्वको विषय भएको बताएका छन् । ‘फुटबललाई माथि जैलान अन्य चिनियाँ कम्पनी पनि फिफासँग हातेमालो गर्न तयार छन् । यसबाट चिनियाँ खेलकुदको विकास र प्रवद्र्धनसमेत हुन्छ भन्ने हाम्रो ठम्म्याइँ हो,’ याङले भन्छन् ।

चिनियाँ राष्ट्रपति सी जिङ पिङ चीनलाई फुटबलमा पनि विश्वको शक्ति राष्ट्रको रूपमा उभिएको देख्न चाहन्छन् । त्यसैले राष्ट्रपतिले फुटबलको विकास र खेलकुदलाई खुला बजारमा लैजान चिनियाँ कम्पनीलाई लगानी गर्न उत्प्रेरित गर्दै आएका छन् । फिफाका अनुसार रुसमा जारी विश्वकप हेर्ने दर्शकको संख्या पनि चीनकै बढी छ । विश्वकपको टिकट बिक्री गर्ने मुख्य जिम्मेवारी पाएको चीनको सांघाई स्पोटर््स इन्टरनेसनलले मात्र चीनमा ४० हजार टिकट बिक्री गरेको थियो ।

यसैगरी ६० हजार चिनियाँ नागरिकले ‘फ्यान आईडी’ चिनियाँ राहदानीबाट लिइएको रुसी सञ्चार मन्त्रालयले उल्लेख गरेको छ । रुस पुगेर भीआईपी प्यारापिट प्रयोग गर्नेमा पनि चिनियाँ नागरिक नै बढी छन् । युरोपेली फुटबलको गतिबाट मोहित देखिएको चीन अहिले घरेलु फुटबलको स्तर पनि बलियो बनाउन जुटिरहेको छ । त्यसैले त विश्वकपमा चलेका हस्ती फुटबलरको व्यावसायिक गन्तव्य पनि पछिल्लो समय चीन नै बन्न थालेको छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved