सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

  • प्रकाशित मितिः असार २७, २०७५
  • 1073 पटक पढिएको
  • Mausam

जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो ।

उहाँले भन्नुभयो, “विद्यालयल आफँैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका लागि दर्खास्त आह्वान गरेको छ । विद्यालयले हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

जिल्लाका ४१८ आधारभूत विद्यालय र १२३ माविमध्ये एक÷दुई विद्यालयले मात्रै नियमितरुपमा लेखा परीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले समयमै लेखा परीक्षण नगर्दा विभिन्न खालका समस्या देखापरेका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराजले भन्नुभयो, “शिक्षण संस्था पारदर्शीताको पाठ पढाउने संस्था भएकाले ती संस्थाले समयमै लेखा परीक्षण गराउन आवश्यक रहेको छ ।”

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परीक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले बताउनुभयो । “विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो, “लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।”

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved