नेकपा कार्यकर्ताद्धारा कांग्रेस सभापतिमाथि कुटपिट

  • प्रकाशित मितिः साउन १२, २०७५
  • 1495 पटक पढिएको
  • समय अनलाइन

जिवन फुयाल, सुनसरी - काग्रेसका इटहरी १० नं. वडाका सभापतिले नेकपाका कार्यकर्ताले आफुलाई कुटपिट गरेको बताएका छन् । वडा सभापति प्रकाश कोइरालाले तत्कालिन (युवा संघ एक नं. प्रदेश सचिवालय सदस्य) रुपेश बस्नेत सहितको समुहले धनकुटाको नाम्जेमा कुटपिट गरेको बताएका हुन ।
इटहरीस्थित रिपोर्टर्स क्लबमा बिहिबार पत्रकार सम्मेलन गरी कोइरालाले पार्टीको बिषयमा विवाद हुदा मुक्का हानेको दाबी गरे । नेकपा आबद्ध कार्यकर्ताहरुको प्रशिक्षण सकेर फर्कदै गरेका बस्नेत सहित बिटु चौधरी र सोनु हलुवाई लगायतको समहुले नाम्जेमा घेरेर आफुलाई मुक्का र लात्ती हानेको बताए ।
घुम्नको लागी नाम्जे पुगेको अबस्थामा पार्टीलाई होच्यादै आफु र संयोज अधिकारीमाथि कुटपिट भएको कोइरालाले पत्रकार सम्मेलनमा बताए । मादक पदार्थ सेवन गरेका बस्नेत समुहले जवरजस्र्ती नेकपा जिन्दावाद भन्न लगाएको र नमान्दा लडाएर कुटपिट गरेको बताए । बस्नेत समुह मातेर होहल्ला गदै हिडेको अबस्थामा आफुलाई खाजा खाइरहेको ठाँउमा आएर दुरव्यवहार गरेको कोइरालाको भनाई छ ।
‘तँ नेकपामा प्रबेश गर्नुपर्छ नत्र राम्रो हुदैन भन्दै धम्काए,’ कोइरालाले भने ‘हुदैन म काग्रेसको कार्यकर्ता हुँ भन्दा मुक्का र लात्ती प्रहार गरे’ ।
घटनाको बिषयमा बुधबार नै प्रहरी चौकी भेडेटारमा निवेदन समेत दिएको कोइरालाले जानकारी दिए । ‘हाम्रो पार्टी सरकारमा छ, हामीलाई कसैको डर छैन’ भन्दै आफु र अधिकारी भाईलाई कुटपिट गरेको उनको भनाई छ ।
बुधबार बिहानदेखी भनिएको प्रशिक्षणमा अधिकाशं नेकपाका कार्यकर्ता मातेर नाम्जे होमस्टे आसपास आतंक मञ्चाएको कोइरालाको दाबी छ । बस्नेत समुहले आफुलाई दुरव्यवहार गर्नुको साथै त्यहाँ घुम्न आएका युवती तथा महिलालाई समेत दुरव्यवहार गरेको बताए । मातेर आतंक मञ्चाएपछि नाम्जेका वडाध्यक्ष समेत आएर सम्झाएको कोइरालाले पत्रकार सम्मेलनमा बताए ।
तरुण दल इटहरी १० नं. वडाका सभापति समेत रहेका संजोक अधिकारीले पनि कुटपिट र दुरव्यवहार भएको बताए । आफुले प्रतिरोध गर्दा ‘जहाँ भेटे त्यही सक्ने धम्की’ बस्नेत समुहले दिएको अधिकारीको भनाई छ ।

यस्तै काग्रेस सुनसरी जिल्ला सदस्य सुबोध घिमिरेले घटना निन्दनिय रहेको बताउदै सत्ताको आँडमा कसैले पनि गुण्डागर्दी देखाउन नहुने बताए ।
यता नेकपाका कार्यकर्ता रुपेश बस्नेतले सामान्य विवाद भएको तर कुटपिट नगरिएको दाबी गरे । ‘हामी एक अर्काेलाई चिन्दछौ, जिस्केर पार्टीको बिषयमा डिबेट भएको हो’ उनले भने ‘तर कुटपिटको आरोप गलत छ’ ।
प्रशिक्षण सकेर फकर्दा बाटोमा बिवाद भएको बताउदै बस्नेतले राजनितिक रुपमा आफुहरुलाई बिभिन्न आरोप लगाई फसाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved