सुनसरीको इटहरीस्थित जनता माविले लागुऔषध दुब्र्यसन बिरुद्ध सचेतना कार्यक्रम र बिद्यार्थी उत्प्रेरणा मोटिभेसनल सेमिनार गरेको छ। इटहरी जेसीसको सभाहलमा कार्यक्रम गरेको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक(डिएसपी) शिवकुमार श्रेष्ठले बिद्यार्थीलाई लागुऔषध बिरुद्ध सचेतनामूलक प्रशिक्षण दिनुभयो। मोटिभेसन सेमिनारमा मोटिभेसनल स्पिकर लिलाराज भट्टराईले बिद्यार्थीलाई उत्प्रेरित गर्नुभयो।
बिद्यार्थीलाई सकृय नागरीक बनाउनका लागि पाठ्यपुस्तकको ज्ञानसँगै अतिरिक्त कृयाकलापहरुमा पनि जोड दिन थालिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष काशिनाथ दंगालले जानकारी दिनुभयो। यस्तै बिद्यालय ब्यवस्थापन समिति सदस्य शिवराज दाहालले बिद्यालयमा यस किसिमका कार्यक्रम पहिलो पटक गरिएकाले बिद्यार्थी उत्साहित बनेको बताउनुभयो।
प्रशिक्षण तथा सेमिनारमा सहभागि बिद्यार्थी बिजय ताजपुरियाले जीवनमा लक्ष्य राखेर अघि बढे मात्र सफल हुन सकिन्छ भन्ने ज्ञान प्राप्त भएको प्रतिकृया दिनुभयो। उहाँले लागुऔषध दुब्र्यसन बिरुद्ध सचेतना फैलाउन आफू लागिपर्ने समेत प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा कक्षा ११ र १२ का तीनसय बढि बिद्यार्थी सहभागि थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved