बक्राहा खोलामा लगाईएको तटबन्धन अनियमितताको आशंका

  • प्रकाशित मितिः साउन १४, २०७५
  • 1458 पटक पढिएको
  • समय अनलाइन

वर्षायाम शुरु भएसंगै मोरङको वक्राहा खोलाले धेरै मानिसहरुको निन्द्रा बिथोल्ने गरेको छ । आकाशवाट पानी पर्न थालेपछि सो खोलाको नजिकै वसोवास गर्नेहरु त्रासमा वस्न वाध्य छन् । वक्राहा खोलाले पथरीशनिश्चरेको ३ नम्वर वडामा रहेको धेरै स्थानीयलाई असर पारेको छ । उर्लाबारीको राजघाट र पथरीशनिश्चरेको ३ नम्वर वडाका अधिकांश क्षेत्रमा वक्राहाको कटानले प्रभावित पारेको क्षेत्रमा वनाईएको तटवन्धन कमसल वनेपछि स्थानियवासी आक्रोशित वनेका छन् । प्रदेश सरकारको २० लाखको लागतमा जल उत्पन्न प्रकोप डिभिजन कार्यालयले वनाएको तटवन्धनको काम कमसल भएको स्थानिय वासीले आरोप लगाएका छन् ।

स्थानिय वासीका अनुसार सो वाँध निर्माण गर्ने ठेकेदारले चरम रकम अनियमिता गरेको आरोप पनि लागेको छ । स्थानियवासी भन्छन् २० लाखमा निर्माण भएको पुलमा लगभग ५ सय बाँस लगाएर आँखामा छारो हालेको छ । यस्तो बाँध त होलिमा हामी आफै लगाउन सक्थ्यौँ । किन सरकारको ढिकुटी रित्याउनु पर्यो ?

वाँसका भाटा र तारले वनाईएको तटवन्धन यस अघिको वाढीले वगाएर लगेको छ । खोलाका जम्मा ५ स्थानमा ५० मिटर लम्वाइका वाँसका तटवन्धन वनाइएको छ । वनाइएको वाँसका तटवन्धनले वक्राहाको भेललाइ रोक्न नसक्ने स्थानियवासी वताउँछन । उनीहरुका अनुसार झारा टार्ने काम मात्र भएको छ । २० लाख रुपयाँ वरावरको काम नभएको उनीहरुको आरोप छ । पथरीशनिश्चरे ३ को सुन्दरी चौक,देखी टप्पु टोल सम्ममा ५ स्थानमा सो तटवन्धन गरिएको छ । असारको पहिलो साता आएको वक्राहाकोे भेलले एउटा तटवन्धन भने वगाएर लगेको छ । न्यौपाने टोलको तटवन्धन वगाएको हो ।

तटवन्धनका गर्नका लागी प्रदेशदेखि केन्द्र सम्म दौडधुप गरेको र सो वरावरको वजेट विनियोजन भएको सो वडाका अध्यक्ष डम्वर चेम्जोङ वताउँछन् । बजेट अनुसारको काम आफुहरुले गरेको उनको भनाई छ ।यता प्रदेशसभा सदस्य कृष्णकुमारी राई पनि सो तटवन्धन जनताको प्रत्यक्ष सरोकारको भएकाले अनियमिता भए कारवाही हुनुपर्ने वताउँछिन । काम सम्पन्न भएपछि पुनः बक्राहाले लगेको र जलउत्पन्न प्रकोपमा आफ्नो पहलमा काम सम्पन्न पनि भएको तर के कस्तो भएको आफुलाई जानकारी नभएको राईको भनाई छ ।

बक्राहाले स्थानियलाई सास्ती दिएकाले आफ्नो पहलमा बजेट बिनियोजन भएको तर निर्माण कार्यको निरीक्षण गर्दा त्यसले वक्राहा खोलाको कटान नियन्त्रणमा नआउने प्रदेश सभा सदस्य सुर्यमाराज राई वताउँछन । जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका प्रमुख देव नारायण शाहले भने जनताको प्रत्यक्ष सवाल जोडिएका यस्ता विकासका कार्यमा समेत व्यापक अनियमिता हुने र वाढीवाट प्रत्येक वर्ष स्थानियवासी प्रभावित भइरहने अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved