बिराटनगर । निरन्तर अवरुद्ध भएको एक नम्बर प्रदेश सभाको बैठक आइतवार देखि सुचारु भएको छ ।सुचारु भएको बैठकमा आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बोले प्रदेश वित्त व्यवस्थापन विधेयक पेश गरेका छन् ।
प्रदेश तहमा परिचालन गर्नुपर्ने रकम र स्थानीय तहलाई दिइने अनुदान रकम बारे विधेयकमा प्रस्ताव गरिएको जानकारी दिदै आर्थिक मामिला तथा योजना मंत्री आङ्बोले प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएपछि प्रदेश संचित कोषमा राखिने रकमको बाँडफाड गर्न सजिलो हुने बताए ।
अर्को बैठक सोमवार दिउसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved