मोरङ्गको सुन्दरहरैँचा ४ मा बन्यो नमुना सडक

  • प्रकाशित मितिः श्रावण १८, २०७५
  • 2793 पटक पढिएको
  • समय अनलाइन

जीवन फुँयाल-इटहरी/ मोरङ्गको सुन्दरहरैँचा वडा नम्बर ४ मा नमुना सडक निर्माण गरिएको छ। ४ नम्बर वडा कार्यालय नजिकैबाट ३ किलोमिटर सडक निर्माण गरिएको हो।

सो सडक निर्माणका लागि ५७ लाख रुपैँया खर्च भएको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो। सडक निर्माणका लागि स्थानीयबासीले २०लाख रुपैँया संकलन गरेका थिए भने अन्य रकम नगरपालिकाले प्रदान गरेको श्रेष्ठको भनाई छ। DSC00440 1

सडक निर्माण सँगै नालि निर्माणका लागि स्थानीयले सडकले छोएको जग्गाधनिसँग एकमिटर बराबर ६००रुपैँया संकलन गरेका थिए। टोलको नाम नै नमुना टोल रहेको र सो सडक सुन्दरहरैँचा नगरपालिकाभित्रकै नमुना सडक बनेको सो वार्डका वडासदस्य रबिन्द्र दाहालले बताउनुभयो। DSC00452

सडक निर्माणको क्रम गएको तीन महिनादेखि जारी रहेको अनि सडकसँगै वडा नम्बर ४लाई नमुना वार्ड बनाउने आफ्नो लक्ष अनुसार काम गरिरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो। वडामा नमुना सडक बनेपछि अहिले सो क्षेत्रमा बसोबास गर्नेहरु पनि दंग परेको सडक निर्माण समुहका संयोजक बलबहादुर राईले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved