वडा अध्यक्ष आफै विवाद मिलाउँदै

  • प्रकाशित मितिः साउन २०, २०७५
  • 1418 पटक पढिएको
  • समय अनलाइन

इलाम/ स्थानीय सरकारको न्यायिक समिति गठन पुरा नहुँदा वडा अध्यक्ष आफैले विवाद मिलाउनु परेको इलामको देउमाई नगरपालिकाको कार्यपाललिका सदस्यरूले बताएका छन् । उनिहरूले नगपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको स्थानीय तहका कार्यपालिका सदस्यहरूसँग न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी समापन समारोहमा न्यायिक समितिको गठन पुरा नहुँदा आफैले स्थानीय क्षेत्रमा हुने विवाद मिलाउँदै आएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको संयोजनमा तालिम प्राप्त मेलमिलापकर्ताले स्थानीय विवाद मिलाउँनु पर्नेमा समिति गठन प्रक्रिया पुरा नहुँदा वडा अध्यक्ष आफैले गाउँको विवाद मिलाउँनु परेको वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमसागर बरालले बताए । उनले स्थानीयले जनप्रतिनीधिलाई विवाद मिलाउँन दबाब समेत गर्ने गरेको बताउँदै विवाद मिलाउँने विधीको समेतको व्यवस्था हुन नसकेको बताए ।

स्थानीय सरकार सञ्चालनमा आएको दुई वर्ष लागेपनि स्थानीय क्षेत्रको उजुरीको कारबाही किनारा गर्दा अपनाउँनु पर्ने कार्यविधीका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पास नहँदा वडाध्यक्ष आफैले विवाद मिलाउँनु परेको उपप्रमुख पुष्पादेवी राईले बताइन् । उनले नागरिकको न्याय सम्पादनको विषय भन्दा पूर्वाधारको विषयले बढी प्रथामिकता पाएकोले नगरसभाले पास गर्नुपर्ने ऐन, नीति, निर्देशिका पास हुन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved