भाद्र १मा ‘ब्ल्याक’ आउट हुने

  • प्रकाशित मितिः श्रावण २३, २०७५
  • 1206 पटक पढिएको
  • समय अनलाइन

प्रदिप श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखी चलचित्र भवनमा आउने भएको छ। चलचित्रको युनिटले इटहरीमा पत्रकार सम्मेलन गरेर प्रदर्शन मितिबारे जानकारी गराएको हो।

आश्मा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालगायतले अभिनय गरेका छन्। चलचित्रको प्रमोशनको लागि देश दौडाहामा हिडेको टोलीले इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी प्रेमकथा र डार्क स्टोरीमा आधारित चलचित्र दर्शकहरुको लागी नौलो बनेको बताएका छन्।

चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन्। मौनता श्रेष्ठको कथामा तयार भएको ब्ल्याकमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन रहेको छ। ‘ब्ल्याक’मा श्रेष्ठ र शर्माका अतिरिक्त सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको भूख्य भूमिका रहेको निर्देशक प्रदीप श्रेष्ठले बताउनुभयो।

चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा अर्जुन जिसीको सम्पादन छ। चलचित्रमा आँचल र आकाशको जोडीलाई दर्शकले रुचाउने निर्माण पक्षको विश्वास छ। नायिका आँचल शर्माले चलचित्रको कथावस्तु निकै राम्रो रहेको र लिड भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताएकी छन्। प्रेममा आउने उतारचढाव, त्याग र मिलनको कथालाई चलचित्रले उठान गरेको छ। ‘चङ्गा जस्तै मन चैट‘’ बोलको गीतमा प्रतिक पौडेलको शब्द, संगीत र स्वर छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved