जीवन फुयाल- इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले आफ्ना कर्मचारीका लागि प्रदान गरेको परिचय पत्रमा अनियमितता भएको आशंका गरिएको छ। सय रुपैँया पनि नपर्ने परिचय पत्रलाई चार सय रुपैँयामा छापिएपछि अनियमितताको आशंका गरिएको हो।
परिचय पत्र छपाईका लागि निवेदन आव्हान गरिएकोमा दुईजनाले निवेदन दिएपनि अहिले छपाई गर्नेले चार सय रुपैँयामा छाप्ने कवोल गरेका थिए। सय रुपैँया पनि नपर्ने कार्ड चारसय रुपैँयामा छापिएपछि अनियमितता भएको आशंका गरिएको हो।
यस्तै चारसय रुपैँया खर्च गरिएको कार्डमा अन्तिम मिति अर्थात एक्सपायर डेट समेत राखिएको छैन। मिति उल्लेख नभएको बिषयमा नगरपालिकाका सुचना अधिकृत संजय अधिकारीलाई प्रश्न गर्दा गल्ति भएको स्विकार गरेका छन्।
यसैगरी नगरपालिकाका ईन्जिनियर अन्य कर्मचारीलाई परिचय पत्रको बिषयमा जिज्ञासा राख्दा कार्डमा गल्ति भएको स्विकार्दै लामो समयसम्म पर्खाएर पनि गल्ति भएको परिचय पत्र थमाएको बताएका छन्।
हाल नगरपालिकामा कार्यरत कर्मचारीहरुले सोही कार्ड बोकेर हिड्ने गरेका छन्। यसअघि पनि इटहरी उपमहानगरपालिकामा सिएफएफ खरिद प्रकृयामा अनियमितता भएको र सो अनियमिततालाई अख्तियारले छानबिन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved