कोशीमा पाँच बर्षयता कै बढी मापन, ब्यारेजको थप ढोका खोल्न प्रशासनको आग्रह

  • प्रकाशित मितिः साउन ३०, २०७५
  • 1196 पटक पढिएको
  • समय अनलाइन

सुनसरी ।

सप्तकोशी नदीका पाँच बर्ष यताकै सबै भन्दा बढी पानीको मापन गरिएको छ । बुधबार बिहान ११ बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुईलाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो ।

यो मापन कोशी ब्यारेज भन्दा फरक भएपनि सबै भन्दा बढी संम्बेदनशिल मापन बराहक्षेत्रलाई मानिन्छ । ‘बिहान ११ बजेको मापन अत्याधिक हो’ स्थानिय एवम कोशी विज्ञ रबिन घिमिरेले भने ‘पानीको सतह बढेर राजावास आसपास पानी नदी भन्दा बाहिर आएको थियो’ । पानीको डिस्चार्ज यति धेरै भएपछि राजवास, बराहक्षेत्र र प्रकाशपुरका स्थानियहरु त्रसित बनेका थिए । तर १२ बजे यता पानीको डिस्चार्ज घटेर दुईलाख ५२ हजार क्युसेकमा घटेको घिमिरेले जानकारी दिए ।

पहाडी क्षेत्रमा बर्षात रोकिने र पर्ने भएकाले कोशीमा वहाव घट्ने बढ्ने क्रम जारी छ ।  घिमिरेका अनुसार बराहक्षेत्रको मापनलाई गम्भीर रुपले लिनुपर्छ, ब्यारेजको मापनले खासै असर पदैन । बराहक्षेत्रबाट बग्ने पानीको वहावले सुनसरीका भागमा कटान गर्ने भएकाले बराहक्षेत्रलाई संम्बेदनशिल मान्नु पर्छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बराहक्षेत्रमा पानीको वहाव बढेपछि ब्यारेजको ढोका खोल्न ब्यारेज कन्ट्रोल रुमलाई आग्रह गरेको छ । यता ब्यारेजको २ बजेको मापन अनुसार ब्यारेजबाट दुईलाख ५ हजार ३८० क्युसेक पानी डिस्चार्ज भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved