गिट्टी, बालुवा तस्करी बृद्धि

  • प्रकाशित मितिः साउन ३०, २०७५
  • 1210 पटक पढिएको
  • समय अनलाइन

गाईघाट, उदयपुर / स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।

ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको थियो । तस्करी गरी निकासी गरिएका ती नदीजन्य पदार्थ दोब्बर मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका– १२ बगरटोलका स्थानीयवासी लिलानाथ दाहालले बताउनुभयो ।

तस्करीमा संलग्न ट्र्याक्टर व्यवसायीले रु एक हजार २०० प्रतिट्र्याक्टर मूल्यको बालुवा रु दुई हजार ५०० र रु दुई हजार ५०० प्रतिट्र्याक्टरको गिट्टी, रोडा रु चार हजार ट्र्याक्टरका दरले बिक्री गर्ने गरेको गाईघाट शिवालय टोलका कनक कार्कीले बताउनुभयो । चोरी गरी निकासी गरिएका ढुङ्गा रु सात हजार प्रतिट्र्याक्टरसम्म मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको गाईघाट ढिम्की टोलाका देवेन्द्र खड्का बताउनुभयो । कर छलेर नदीजन्य पदार्थ चोरी भएपनि सम्बन्धित निकाय मौन बस्ने गरेको स्थानीय जनताले आरोप लगाउन थालेका छन् ।

नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईका अनुसार यसको जिम्मा प्रहरी प्रशासनको भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारका अनुसार अर्को बोलपत्र नखोलेसम्म नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध लगाएको र यसको हेर्ने जिम्मा प्रहरी प्रशासनको रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved