रोनाल्डोको स्थान बेन्जिमाले लिन्छन् - प्रशिक्षक लोपेटेगी

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 935 पटक पढिएको
  • समय अनलाइन

 

एजेन्सी ।  रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीले यो सिजन क्रिस्टियानो रोनाल्डोको स्थान करीम बेन्जिमाले लिने बताएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलअघि बोल्दै प्रशिक्षक लोपेटेगीले रोनाल्डोको स्थान बेन्जिमाले लिने बताएका हुन् ।

रियलले सिजनको पहिलो खेलमा आज राती गेटाफेसंग खेल्दै छ । उक्त खेलमा रियललाई रोनाल्डोको अभाव खड्कने छ । तर, प्रशिक्षक लोपेटेगीले बेन्जिमासंग रियलमा रोनाल्डोको स्थान ओगट्ने सक्ने क्षमता रहेको बताएका छन् ।

यस्तै प्रशिक्षक लोपेटेगीले गेटाफेविरुद्ध फरक रणनीतिको साथ मैदान उत्रने बताए । उनले यो सिजन टोलीका लागि निकै चुनौतिपूर्ण रहेको तर उपाधि जित्ने लक्ष्य लिएको समेत बताए  ।

पोर्चुगिज स्टार रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्स गएका छन् । रोनाल्डोले इटालियन सिरी ए फुटबलमा डेब्यु समेत गरिसकेका छन् ।

यता, रोनाल्डो नहुदा रियलले समत खराब प्रदर्शन गरिरहेको छ । गत बुधबार भएको युइएफए सुपर कपको फाइनलमा समेत रियल पराजित भएको थियो । रोनाल्डोबिनाको रियललाई डर्बी क्लब एट्लेटिको मड्रिडले ४ – २ गोल अन्तरले हराएको थियो । सुपर कपमा पराजित भएपछि प्रशिक्षक लोपेटेगीले आलोचना खेप्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved